- मंगलबार काठमाडौंमा आयोजित ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न अत्यन्तै चिन्तित र प्राथमिकताका साथ सरकार लागेको भन्दै यसलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सहकारी क्षेत्रलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न अत्यन्तै चिन्तित र प्राथमिकताका साथ सरकार लागेको भन्दै यसलाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, ‘सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न अत्यन्तै चिन्तित र प्राथमिकताका साथ सरकार लागेको छ । एक दिन पनि खाली छैनौं । जति पनि देखिएको छ त्यो भन्दा बढी नदेखेका कामहरु छन् । विश्वास गर्नु सहकारी क्षेत्रलाई आम जनताको विश्वासको क्षेत्र बनाउँछौ । यसलाई बिग्रिन दिदैनौ, यसमा हाम्रो प्रतिबद्धता हो ।’
यसका साथै, उनले सहकारीको सुधार र यसलाई आम जनताले विश्वास गर्न सक्ने बनाउनको लागि सरकार सँधै सहकार्य गर्न तयार रहेको पनि बताए ।
उनले भने, ‘असल काम, विचारको लागि सहकारीको सुधार र यसलाई आम जनताले विश्वास गर्नसक्ने बनाउनका लागि हामी सँगै छौं । फरक छैनौ तर सरकारको पदाधिकारी भएको हुनाले कहिलेकाही कठोर बन्नुपर्छ । अध्यादेशको कुरामा सरकारले चाहे जतिको स्टेक होल्डरहरुसँग छलफल गर्न नसकेको होला तर सरकारको आसय गलत छैन् । सरकारको काम समस्या समाधानतर्फ छ ।’
सहकारीबाट मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने भन्दै सहकारी ऐनको परिमार्जनको चरणमा पनि रहेको उनको भनाइ छ । उनले अध्यादेशमा तत्काल मिलाउनुपर्ने कुराहरु मिलाउने र अन्य कुरा कानून परिमार्जन गर्दै जाँदा गर्ने पनि बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।