- अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
रौतहट : रौतहट प्रहरीले १० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले १८ जना फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले पक्राउ पर्नेहरुमा सबैभन्दा बढी जलसाजीको रहेको बताए ।
उनका अनुसार जलसाजीमा शेख वहिद, नेक महम्मद, मिर अलि हुसन, शेख तैयव, शेख जमिर अख्तर, शेख दमिअख्तर, अख्तर शाहिद, शेख मेराज, इस्लाम अन्सारी र जुमन देवन रहेका छन् । जलसाजीमा दसजना प्रतिवादीलाइ पक्राउ गरिएको र उनीहरुलाइ रु १० जरीवाना तोकिएको उनले जानकारी दिए ।
पक्राउ परेका प्रतिवादीहरु मध्ये सिकेन्द्र राय यादवलाई बिगो मुद्दामा दुई बर्ष कैद सजाय तोकिएको उनले उल्लेख गरे । पक्राउ परेकाहरुमा नवल किशोर मुखियालाई हातहतियर तथा खरखजानामा आठ महिना ५ दिन कैद सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
रौतहट प्रहरीका अनुसार शेख जकिरलाई लुटपिट गाली बेइज्जती र जगरनाथ राय यादवलाई किर्ते जलसाजीमा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यलय तथा मातहातबाट खटिएको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाइ आवश्यक कार्वाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइदिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’