पोखरामा आजदेखि सुरु भयो, ‘प्रहरी घर – घर पुग्ने अभियान’
२०८१ माघ १४ गते सोमवार
- पोखरा महानगरपालिका अन्तरगतको पर्यटकीय क्षेत्रका ११ वटा वडाहरु हेर्ने वडा प्रहरी कार्यालय बैदाम पोखराले जनताको घर – घरमा पुग्ने अभियान संचालन गरेको हो ।
पोखरा : पर्यटकीय नगरी पोखरामा आजदेखि प्रहरी जनताको घर – घरमा पुग्ने भएको छ । यसभन्दा अघिका दिनहरुमा गाउँ – टोलहरुमा मात्र गस्तीको रुपमा पुग्ने गरेको प्रहरी आजदेखि पोखराको पर्यटकीय क्षेत्रका घर–घरमा पुग्ने भएको हो ।
पोखरा महानगरपालिका अन्तरगतको पर्यटकीय क्षेत्रका ११ वटा वडाहरु हेर्ने वडा प्रहरी कार्यालय बैदाम पोखराले जनताको घर – घरमा पुग्ने अभियान संचालन गरेको हो ।
प्रहरी घर – घरमा पुगेको एकिन गराउन वडा प्रहरी कार्यालय बैदाम पोखराले प्रहरी पुगेको हरेक घरमा एउटा प्रहरी सम्बन्धि जानकारी र गुनासो राख्ने सम्पर्क नम्बर उल्लेख भएको क्यु आर कोड भएको स्टिकर टाँस्ने बैदाम प्रहरी प्रमुख डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।
उक्त अभियानको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले आज सुरुवात गरे । सोही अवसरमा एसपी ओलियाले यस अभियानले शान्ति सुरक्षा कायम गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै जनता र प्रहरी बीचको दुरी कम गर्न , उनीहरुबीच सम्बाद र सहकार्य गर्नमा सहयोग हुने बिश्वास व्यक्त गरे । उनले वडा प्रहरी कार्यालय बैदाम पोखराले आजबाट सुरु गरेको अभियान कास्की जिल्लाका अन्य क्षेत्रहरुम पनि लागूगर्ने बचनबद्धता व्यक्त गरे ।
वडा प्रहरी कार्यालय बैदाम पोखराका प्रमुख डिएसपी सन्तोष निरौलाले यस अभियान अन्तरगत वडा प्रहरी कार्यालय मातहत रहेका पोखरा महानगरका ११ वटा वडाका करीब ५० हजार घर – घरमा पुगेका प्रहरीले जनताका पीर मर्का एबम समस्याहरुको सुनुवाई गर्ने र सम्भव भए तत्कालै, यदि सम्भव नभए सम्बन्धित निकायसम्म पुर्याउन मद्दत गर्ने बताए ।
उक्त समारोहमा सहभागीहरुले भने प्रहरीको अभियानदेखि उत्साहित भएर स्टिकर छपाइ गरेर दिने बाचा गरेका थिए । अभियानका क्रममा आबश्यक पर्ने करीब ५० हजार स्टिकर छपाइ गरेर दिन उनीहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’