कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै

२०८१ माघ १४ गते सोमवार
सारांश
  • हिजो आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा आज पनि बस्ने भएको हो ।

काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । 


हिजो आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा आज पनि बस्ने भएको हो ।


बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा छलफल चलिरहेको छ ।


बैठकले माघ १८ गते सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल गरिरहेको छ । 


आइतबार  बसेको  कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरु उठाउने विषयमा पनि छलफल गरेको थियो ।

 

यही माघ १८ गतेदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदैछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार