राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउन निरन्तर प्रयास भैइरहेको छ :प्रचण्ड
२०८१ माघ १२ गते शनिबार
- दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमनपछि आयोजित कार्यक्रममा उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका बताएका हुन् ।
दाङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउनका लागि लगातार प्रयास गरिरहेको बताएका छन् ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अनुगमनपछि आयोजित कार्यक्रममा उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका बताएका हुन् ।
उनले भने, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकालाई अगाडि बढाउन हामी लगातार प्रयास गरिरहेका छाँै । यसको स्थापना कालमा ऐन निमार्णको समयमा पनि हामीले प्रतिष्ठान सम्बन्धि ऐन बनाउन जोड दियाँै । यो राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमविविएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका छौँ । झण्डै ३० करोड बजेटको व्यवस्था गर्यौँ । हाम्रो तर्फबाट यो प्रतिष्ठानको चौतर्फि बिकासको लागि निरन्तर प्रयास भैरहेको छ ।’
यसको साथै, उनले प्रतिष्ठानमा माओवादीको नेतृत्वमा थप ४ सय वेडहरु थप्ने प्रक्रिया सुरु भएको बताए ।
उनले भने, ‘हाम्रो नेतृत्वमा थप ४ सय ओटा वेडहरु थप्ने प्रक्रिया सुरु भएको हो । अब चार सय वेड थपिँदा यहाँ साढे ७ सय वेड भएपछि मात्र अहिलेको यो बिरामीको चापलाई सम्बोधन गर्न सकिन्छ भने महसुस गरेको छु । यसको बिकासको लागि म सदन र सरकारमा यो बिषयलाई गम्भिर रुपमा उठाउँछु ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’