- काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बेलाएयतको अल्डरसट काउन्सिलका पूर्वकाउन्सिलर प्रवेश केसीले नेपालका उद्यमीहरुलाई बेलायतमा फन्डिनको लागि सहयोग गरिदिने घोषणा गरेका छन् ।
काठमाडौं : आन्टरप्रेनर्स क्लब ग्लोबलले विभिन्न क्षेत्रमा आन्टरप्रेनर्सहरुको लगानीका लागि कोष खडा गर्ने घोषणा गरेको छ ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बेलाएयतको अल्डरसट काउन्सिलका पूर्वकाउन्सिलर प्रवेश केसीले नेपालका उद्यमीहरुलाई बेलायतमा फन्डिनको लागि सहयोग गरिदिने घोषणा गरेका छन् ।
नेपाली उद्यमीहरुले त्यो क्राइटएरिया पूरा गर्नुपर्ने केसीले बताएका छन् । आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित कार्यक्रम सिरिज अन्तर्गत २०२५ को यो पहिलो कार्यक्रम भएको आन्टरप्रेनर्स क्लब ग्लोबलले जनाएको छ ।
आन्टरप्रेनर्स क्लबले हरेक महिना विभिन्न क्षेत्रका उद्यमीहरुलाई बोलाएर गर्ने यो कार्यक्रम २०२५ को पहिलो कार्यक्रम हो । जसमा विभिन्न क्षेत्रका उद्यमीहरु सहभागी थिए । जसमा सबै उद्यमीहरुले आ–आफ्ना परियोजनाहरु र त्यसको भिजनहरु सुनाएका थिए ।
आयोजक आन्टरप्रेनर्स क्लब ग्लोबलका अध्यक्ष शम्भु पोखरेलले आन्टरप्रेनर्स क्लब ग्लोबलले आन्टरप्रेनर्सहरूको सैद्धान्तिक, प्राविधिक विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कनेक्सनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए।
युवाहरूमा आन्टरप्रेनर्स माइन्ड प्रस्फुटन गराउन सके युवाहरू विदेश पलायन हुने अवस्था रोक्न सकिने अध्यक्ष पोखरेलले बताए ।
आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित सिरिज अन्तर्गत अर्को कार्यक्रम फेब्रुअरीको अन्त्यमा हुने आयोजकले बताएका छन् । कार्यक्रममा १०० भन्दा बढि नेपालका उद्यमीहरु सहभागी भएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’