- निर्वाचनले अखिल क्रान्तिकारीको आगामी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्यसहित २४३ जना चयन गर्नेछ ।
काठमाडौ : नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका निर्वाचन शनिबार भइरहेको छ । निर्वाचन बिहान ९ देखि सुरु भएको र अपराह्न ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनले अखिल क्रान्तिकारीको आगामी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्यसहित २४३ जना चयन गर्नेछ ।
निर्वाचन समितिका अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । नौं उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।
अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादव मैदानमा रहेको निर्वाचन समितिले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’