अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन हुँदै

२०८१ माघ १२ गते शनिबार
सारांश
  • निर्वाचनले अखिल क्रान्तिकारीको आगामी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्यसहित २४३ जना चयन गर्नेछ ।

काठमाडौ :  नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका निर्वाचन शनिबार भइरहेको छ । निर्वाचन बिहान ९ देखि सुरु भएको र अपराह्न ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।


निर्वाचनले अखिल क्रान्तिकारीको आगामी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्यसहित २४३ जना चयन गर्नेछ । 


निर्वाचन समितिका अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । नौं उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै, एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

 

 ९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।


अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादव मैदानमा रहेको निर्वाचन समितिले जनाएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार