अमोडाका इभी गाडीहरु नेपालका लागि सुहाउँदो छन् : मुख्मन्त्री लामा
२०८१ माघ १२ गते शनिबार
- शनिबार काठमाडौंमा आयोजित अमोडाको विशेष शोरूम उद्घाटन, एक्सचेन्ज र टेस्ट ड्राइभ सप्ताह कार्यक्रममा उनले पेट्रोलियम पदार्थहरु धेरै महंगो भएको भन्दै इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले राम्रो भएको बताए ।
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण कम हुने हिसाबले इलेक्ट्रिक गाडी(विद्युतीय सवारी साधन)हरु महत्वपूर्ण भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अमोडाको विशेष शोरूम उद्घाटन, एक्सचेन्ज र टेस्ट ड्राइभ सप्ताह कार्यक्रममा उनले पेट्रोलियम पदार्थहरु धेरै महंगो भएको भन्दै इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले राम्रो भएको बताए ।
उनले भने, ‘अमोडाले इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले ल्याएको छ । नेपालको सन्दर्भमा इलेक्ट्रिसिटी पनि पर्याप्त मात्रामा छ । पेट्रोलियम पदार्थहरु धेरै महंगो पनि भएको छ । त्यसैले पेट्रोलियम पदार्थमा लगानी धेरै गएको छ । नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण पनि कम हुने हिसाबले इलेक्ट्रिक गाडीहरु महत्वपूर्ण छ ।’
यसको साथै, उनले इलेक्ट्रिक गाडीहरु बढेपनि चार्जिङ् पोइन्टहरु कम भएको भन्दै यसको लागि नेपाल सरकार र बागमती प्रदेशले पैसा छुटाएको बताए ।
उनले भने, ‘इलेक्ट्रिक गाडीहरु ल्याएपछि यसलाई चार्ज गर्नको लागि ठाँउहरु भने हुनुपर्ने कुरा पनि छ । चार्जिङ् पोइन्टहरु पनि छन् तर यसलाई बढाउनका लागि सरकार र बागमती प्रदेशले पनि चार्जिङ् पोइन्टहरु लागि केही पैसा छुटाएका छौं र यसलाई व्यवस्थित गर्नको लागि श्रम रोजगार तथा यातायात मन्त्रालयले पनि यसलाई गम्भिरताका साथ हेरेको छ ।’
यसको साथै राजस्व घरमै बसेर तिर्न सक्ने, पूरानो व्यवस्थाहरुलाई पनि अध्यावधि गरेर सुलभ बनाउने र २० वर्ष भएका गाडीहरुलाई सबैको जाँच गरेर त्यसलाई नष्ट गर्ने कि पुननिर्माण गर्ने भन्ने खालको व्यवस्थापन पनि गरेका उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
-
विश्व बजारमा कच्चा तेलको मूल्य ११० डलर नजिक
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’