शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक हो : बर्तौला

२०८१ माघ ११ शुक्रवार
सारांश
  • मकवानपुरको हेटौंडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिबेशनमा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् ।

मकवानपुर  : नेकपा(एमाले)का मुख्य सचेतक महेश बर्तौलाले शिक्षा विधेयक राष्ट्रिय महत्त्वको विधेयक भएको बताएका छन् ।


मकवानपुरको हेटौंडामा जारी नेपाल राष्ट्रिय शिक्षक संगठनको १४ औं जिल्ला अधिबेशनमा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् ।


‘हरेक शिक्षकहरुमा अधिकार सँगसँगै जवाफदेहिता सँगसँगै होस् । एक शिक्षकले विद्यालय जान घरबाट निस्कदै गर्दा फुसँगै आफ्ना नानीबाबु विद्यालय लैजान सक्ने वातावरण बनाउनुपर्ने छ,’उनले भने ।


शिक्षकहरु स्थानीय तहमा रहन खोजिरहेका छैनन् भन्ने बिषय पनि बाहिर उठेको भन्दै उनले टिप्पणी गरे,‘शिक्षकहरु संघीयता विरोधी होइनन् । कि स्थानीय तहको नेतृत्वले यातना दिने मानसिकताको कारणले गर्दा शिक्षकहरु स्थानीय तह अन्तर्गत बस्न खोजिरहेका छैनन् ।

 

 केही स्थानीय तहमा शिक्षकहरुलाई संगठनमा संगठित भएकै कारण यताबाट उता र उताबाट अर्कोमा सरुवा गराई रहका छन् । संबिधानले निर्दिष्ट गरेका व्यवस्थाहरु उपयुक्त छन् तर नेतृत्वको कार्यशैलीका कारण यस्तो भइरहेका छन् । यसलाई पनि विद्यालय शिक्षा विधेयकले समेट्नु पर्ने छ ।’


हिजो सिङ्गो व्यवस्था परिवर्तनको आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गर्ने संगठनहरु अहिले पनि उत्तिकै ससक्त हुन जरुरी भएको बताए । आगामी हाउसबाट नै विद्यालय शिक्षा विधेयक पास गराउने तयारी रहेको जनाएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार