- समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले कांग्रेसको सिद्धान्त, विचार र नीतिमार्फत मुलुकलाई राष्ट्रियतामा एकताबद्ध गर्न सफल भएको बताए ।
त्रिशूली (नुवाकोट), ११ माघः नेपालमा संसदीय अभ्याससहितको लोकतान्त्रिक गणतन्त्र नै अहिलेको आवश्यकता रहेको आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजको समन्वयमा सम्पन्न युवाहरूको भेलाका सहभागीहरुले देशको विकास, नागरिकको आर्थिक जीवनस्तर एवं राष्ट्रिय स्वाधिनताका लागि अहिलेको लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्कृष्ट शासन व्यवस्था रहेको उल्लेख गरे ।
समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार कुलचन्द्र वाग्लेले कांग्रेसको सिद्धान्त, विचार र नीतिमार्फत मुलुकलाई राष्ट्रियतामा एकताबद्ध गर्न सफल भएको बताए । तत्कालीन समयमा राणा शासनविरुद्ध प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले अपनाएको समाजवादसहितको सिद्धान्त अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि समयसान्दर्भिक भएकाले यसको चर्चा आवश्यक रहेको उनको भनाइ छ । “देशले अपनाउने बाहुआयामिक नीति के–कस्तो हुने भन्ने विषयमा एउटा दृढ सङ्कल्प हुनुपर्छ”, समाजका अध्यक्ष वाग्लेले भने ।
समाजका पूर्वअध्यक्ष डा केदारनरसिंह केसीले नेपालको इतिहास लेखाएर अहिलेसम्मको यात्राका दौरानमा सबै वर्ग र समूह अट्ने साझा चौतारीका रूपमा कांग्रेसका नीति सफल रहेको व्याख्या गरे ।
प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सदस्य सुदर्शन आचार्यले नेपाली कांग्रेसको संस्थापक नेतृत्व र भूमिकाको सन्दर्भमा र एमनेस्टी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष राजन कुइँकेलले वर्तमान देशको अवस्था र परिवेशका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’