अन्तर्राष्ट्रिय शिक्षा दिवस : सरकारको मूल्याकंनमा यि हुन् उत्कृष्ट शिक्षालय

२०८१ माघ ११ शुक्रवार
सारांश
  • शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम पनि मानिन्छ । यस वर्षको शिक्षा दिवसको नारा ‘टु इन्भेष्ट इन पिपुल, प्रायोटाइज एजुकेशन’ रहेको छ ।

काठमाडौं :   आज जनवरी २४, अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ । शिक्षा केवल आधारभूत मानव अधिकार मात्र नभई शान्ति, विकास, र समृद्धिको माध्यम पनि मानिन्छ । यस वर्षको शिक्षा दिवसको नारा ‘टु इन्भेष्ट इन पिपुल, प्रायोटाइज एजुकेशन’ रहेको छ ।


जसले मानिसहरूमा लगानी गर्न र शिक्षालाई प्राथमिकतामा राख्न जोड दिएको छ । जसमा ज्ञान, विज्ञान, सीप, उद्यम, मौलिकता, साझेदारी र प्रणालीगत समकक्षता भन्ने वाक्य समेत तय गरिएको छ ।


नेपालका केही यस्ता विद्यालय छन् जसले आफ्नो गुणस्तरीय शिक्षा, व्यवस्थापन, र विद्यार्थीहरूको समग्र प्रगतिमा महत्त्वपूर्ण योगदान गर्दै शैक्षिक क्षेत्रको स्तर उकासेका छन् । 
राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले उत्कृष्ट विद्यार्थीदेखि शैक्षिक संस्था र शिक्षक कर्मचारीलाई पुरस्कृत गरेको थियो । साक्षरता दिवसको अवसर पारेर भदौ २३ गते (सेप्टेम्बर ८) मनाउने गरेको शिक्षा दिवस सरकारले गत वर्षदेखि असोज २ गते मनाउन सुरु गरेको थियो ।


अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ प्रमाणीकरण भएको दिन असोज २ लाई आधार मान्दै सरकारले दिवस मनाउन थालेका हो ।


सो अवसरमा सरकारले शिक्षालाई उत्कृष्ट बनाउन सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मान गरेको हो । जसमा, सरकारी, निजी र प्राविधिक शिक्षालयदेखि शिक्षक तथा कर्मचारीहरू पनि रहेका छन्।


सरकारी मूल्यांकन र आंकडालाई आधार मानेर नेपाल न्यूज बैंकले पछिल्लो समय उत्कृष्ट विद्यालयहरुको सूची तयार गरेको छ ।


तीनवटा उत्कृष्ट सामुदायिक विद्यालय
सरकारले उत्कृष्ट सामुदायिक विद्यालयमा दाङको तुलसीपुरमा रहेको श्री माध्यमिक विद्यालयलाई राखेको छ । यसैगरी काठमाडौंको विश्व निकेतन मावि र दाङको सिमसुन्दरपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयलाई पनि उत्कृष्टको विधामा समेटेको छ । 


उत्कृष्ट निजी विद्यालय
सरकारले निजी लगानीका (संस्थागत) विद्यालय मध्येबाट काठमाडौंको टोखामा रहेको फलोसेन्ट मावि, काठमाडौं महानगरपालिका–१५ मा रहेको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय र तेस्रो नारायणस्थानमा रहेको बुढानीलकण्ठ स्कुललाई उत्कृष्ट घोषणा गरेको छ ।


उत्कृष्ट प्राविधिक शिक्षालय
प्राविधिक शिक्षालयतर्फ पनि तीनवटा प्राविधिक विद्यालय छनोट गरिएका छन् । जसमा काभ्रेपलाञ्चोकको बनेपामा रहेको नेपाल बनेपा बहुप्राविधिक शिक्षालय, दाङको तुलसीपुरमा रहेको तुलसीपुर पोलिटेक्निक, कपिलवस्तुको जनता मावि, बाणगंगा र सानो भ¥याङमा रहेको नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स उत्कृष्ट भित्र समेटेको छ । 
ती शिक्षालयलाई गुणस्तर शिक्षा दिएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट सञ्चालन गरिएको परीक्षासमेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई परिषद्ले गरेको मूल्यांकन तथा सिफारिसको आधारमा उत्कृष्ट छनोट भएका हुन् । 


सरकारले उत्कृष्ट ठानेका निजी तथा सामुदायिक विद्यालयहरु यी हुन् ः
कोशी प्रदेश ः एभरेष्ट बोर्डिङ माध्यमिक विद्यालय, विराटनगर ः जुन मोरङ जिल्ला,  विराटनगर महानगरपालिकामा अवस्थित छ । एभरेष्ट बोर्डिङ माध्यमिक विद्यालयले आधुनिक शिक्षण प्रणाली र सह शैक्षिक क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सरकारी मूल्यांकन छ । यहाँका शिक्षकहरू प्राविधिक दक्षतासहितका छन्, जसले विद्यार्थीहरूको सिर्जनात्मकता र समस्या समाधान क्षमतालाई प्रवद्र्धन गर्छ । विद्यालयले विज्ञान, गणित, र सूचना प्रविधिमा विशेष जोड दिएको छ ।


मधेस प्रदेश ः धर्मकान्त मावि, जनकपुरधाम धनुषा –जनकपुरधाम उपमहानगरपालिकामा अवस्थित यस विद्यालयलाई सरकारले नमूनाका रुपमा मानेको छ । जनकपुर धर्मकान्त माविले संस्कृत र धार्मिक शिक्षामा विशेष योगदान गर्दै आधुनिक प्रविधिसँगै परम्परागत शिक्षाको संयोजन गरेको छ ।


विद्यालयमा विद्यार्थीहरूलाई संस्कृत भाषासँगै अन्य आधुनिक विषयहरू अध्ययन गराइन्छ । यसको पुस्तकालयमा धार्मिक ग्रन्थहरू र डिजिटल शिक्षण सामग्री उपलब्ध छन् ।


बागमती प्रदेश ःसगरमाथा बोर्डिङ स्कुल, ललितपुर, ललितपुर महानगरपालिकामा अवस्थित सगरमाथा बोर्डिङ स्कुल प्रयोगात्मक शिक्षण विधिहरू अपनाएर विद्यार्थीहरूको व्यावहारिक ज्ञान विकासमा केन्द्रित रहेको मूल्यांकन छ ।  विद्यालयको भौतिक संरचना वातावरणमैत्री रहेको, जसमा सौर्य ऊर्जा र हरियालीमा विशेष ध्यान दिइएको छ । सह शैक्षिक क्रियाकलाप, जस्तै— खेलकुद, कला र नाटकले विद्यार्थीहरूको व्यक्तित्व विकासमा योगदान पु¥याएको छ ।


गण्डकी प्रदेश ः गण्डकी इन्टरनेसनल स्कुल, पोखरा पोखरा महानगरपालिकामा अवस्थित गण्डकी इन्टरनेसनल स्कुलले अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम र प्रविधिमैत्री शिक्षण प्रणाली अपनाएको छ । विद्यार्थीहरूलाई सीपमूलक शिक्षा प्रदान गर्दै भविष्यका लागि दक्ष बनाउने विद्यालयको मुख्य लक्ष्य हो । विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिई उत्कृष्टता प्रदर्शन गरेका छन् ।


लुम्बिनी प्रदेश ः सिद्धार्थ ग्यालेक्सी स्कुल, बुटवल रुपन्देही, बुटवल उपमहानगरपालिकामा अवस्थित यस स्कुलले विद्यार्थीहरूको व्यक्तित्व विकासमा विशेष ध्यान दिने, खेलकुद, भाषागत सीप, र नेतृत्व विकासमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको मूल्यांकन गरिएको छ । विद्यालयले आफ्नो कम्प्युटर ल्याब र वैज्ञानिक प्रयोगशालालाई अत्याधुनिक बनाउँदै विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक बनाएको छ ।


कर्णाली प्रदेश ः कर्णाली विद्या निकेतन, सुर्खेत ः वीरेन्द्रनगर नगरपालिकामा अवस्थित विद्यालयले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित भएको मानिएको छ ।  विद्यालयले छात्रवृत्ति कार्यक्रमको माध्यमबाट विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक अवसर उपलब्ध गराएको छ । विद्यालयले डिजिटल शिक्षाको प्रयोग गरी शिक्षक र विद्यार्थीहरूलाई प्रविधिसँग जोड्ने प्रयास गरेको छ ।


सुदूरपश्चिम प्रदेश ः मालिकार्जुन नमुना मावि धाप, दार्चुला ः महाकाली नगरपालिका–७ मा अवस्थित मालिकार्जुन नमुना मावि शैक्षिक गुणस्तरमा देशकै उत्कृष्ट विद्यालय बन्न सफल भएको मानिएको छ । 


साधारण र प्राविधिक शिक्षाको संयोजन गर्ने यो विद्यालयले विद्यार्थीहरूको स्थानीय सीप र ज्ञानको विकासमा विशेष ध्यान दिएको छ । विद्यालयले आधुनिक प्राविधिक शिक्षा प्रदान गर्दै ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई स्वरोजगार मुखी बनाउने कार्य गरिरहेको छ ।


यी विद्यालयहरूले गुणस्तरीय शिक्षा, नवीनतम प्रविधिको प्रयोग, र समावेशी शिक्षाको अभ्यास गर्दै उदाहरणीय काम गरेका छन् । यसले देशभरका अन्य विद्यालयहरूलाई पनि शिक्षाको गुणस्तर सुधार्न प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।


शिक्षालाई प्राथमिकतामा राखेर देशको भविष्य निर्माणमा सबै पक्षले सहयोग गर्ने हो भने समृद्ध नेपाल निर्माणको लक्ष्य चाँडै पूरा हुनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार