- नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो साच्चिकै नै राम्रो छ भन्ने लागेको बताए ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश भारत र चिनको बीचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताएका छन्।
बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले एमसीसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो साच्चिकै नै राम्रो छ भन्ने लागेको बताए ।
उनले भने, ‘हाम्रो देश भारत र चिनको बीचमा छ । यी दुई देशमा परेको असर हाम्रो देशमा नि पर्छ । तर अहिले चाँही एमसीसी पास गर्ने बेलामा र प्रतिनिभिसभाबाट पारित गर्ने क्रममा धेरै विरोधहरु भएँ । तर अहिले आएर सबैले साच्चिकै राम्रो रहेछ यो एमसीसी भनेर बुझेका छन् ।’
यसैगरी उक्त कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले राज्यले देशलाई विकासमा परिवर्तन गर्न इच्छा शक्ति बढि राख्नुपर्ने बताएका छन् । उनले उत्तर दक्षिण मित्र राष्ट्रहरुसँगको समउन्नतिसँग लाभान्वित हुनुपर्ने र विकास निर्माणमा भैइरहेको ढिलाई बारे गहन रुपमा छलफल गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले आफूले गरेको परियोजनाहरु बाहेक यस्तो छलफलहरुमा खुलेरै छलफल गर्दा हामीले धेरै सम्झिनुपर्ने कुरा छ । उत्तरी मित्र राष्ट्र कुनै कम्पनिले निर्माण गरिरहेको बुटवलदेखी भौरहवाको र बुटवलदेखी नारायणघाट सडकको खुलेर छलफल गनुपर्छ । तर पूर्वाधारहरु सहयोगको सन्र्दभमा लिँदै गर्दा त्यसले निश्चित समयावधि हेर्न आवश्यक छ । अहिले पनि ग्वार्कोको फ्लाई ओभर हामीलाई गिज्जयाई रहेको अवस्था छ , त्यसैले राज्यले यो बेला विकास निर्माणका कुरामा इच्छा शक्ति राख्नुपर्छ ।
उत्तर दक्षिण मित्र राष्ट्रहरुसँगको समोन्नतिसँग लाभान्वित हुनु छ । र विकास निर्माणका ढिलाईका कुराहरुमा पनि हाम्रा कमजोरी र मित्र राष्ट्रहरुका कमजोरीहरु पनि गहन रुपमा छलफल गरेर जानुपर्ने छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
-
बेत्रावतीमा २४ शव फेला परेको घरधनिको परिचय खुल्यो
-
श्रम संस्कृतिमा नयाँ विवाद, किराँती समुहलाई केन्द्रीय कमिटी बैठकमा बोलाइएन
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।