प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग

२०८१ माघ ९ गते बुधवार
सारांश
  • सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त रकम बराबरको चेक गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गरे ।

काठमाडौँ, ९ माघ : सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रू ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ ।

 

सशस्त्र प्रहरी बलको २४औँ  वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त रकम बराबरको चेक गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गरे ।

 

विपद्मा परेका नागरिकहरूलाई राज्यद्वारा प्रदान गरिने राहत वितरणमा हातेमालो गर्ने उद्देश्यले सङ्गठनका अधिकृतबाट सङ्कलित रकम हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार