- पक्राउ पर्नेमा मोतीहारी ग्राम पन्चायत खरोही वडा न ४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए
रौतहट : नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिक वडा न ४ मठिया स्थित ईलाकामा सिमा क्षेत्रका व्यक्ती सग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतिय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोतीहारी ग्राम पन्चायत खरोही वडा न ४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए ।
उनका अनुसार नक्कली चाइनिज (पेस्तोल) खलौना देखाएर सिमा क्षेत्रमा हिड्डुल गर्ने व्यक्तीलाई डर त्रास देखाइ रकम माग्ने गरेको उनले बताए । प्रहरी चौकि मठिया महुलीयाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले बताए ।
पक्राउ परेका कलामलाई म्याद थप गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’