पूँजी निर्माणलाई ध्यान नदिई जथाभावि खर्च गर्ने नेताहरुलाई ठिक ट्रयाकमा ल्याउनुपर्छ
२०८१ माघ ९ गते बुधवार
- बुधबार काठमाडौंमा ७३ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले व्यवस्थापनको क्षमता भएन भने जति ऋण र अनुदान ल्याए पनि देश जहिँको त्यही हुने बताएका हुन् ।
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पूँजी निर्माणलाई ध्यान नदिई जथाभावि खर्च गर्ने नेताहरुलाई ठिक ट्रयाकमा ल्याउनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा ७३ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले व्यवस्थापनको क्षमता भएन भने जति ऋण र अनुदान ल्याए पनि देश जहिँको त्यही हुने बताएका हुन् ।
उनले भने,‘वल्ड म्यानेजमेन्ट स्किल यदी हामीसँग भएन भने जति ऋण जति अनुदान जे ल्याए पनि हामी फेरी जहाँको त्यही उभिन्छौं । हामी सँगै भएको देश कहाँ पुग्यो, तर हामी जहाँको त्यही किन उभिएको छौं ? हामी जस्तो पूँजी निर्माणलाई ध्यान नदिई जथाभावि खर्च गर्ने नेताहरुलाई ठिक ट्रयाकमा ल्याउनु हुन्छ कि भन्ने आशा पलाएको छ ।’
त्यस्तै अर्थसचिव राम प्रसाद घिमिरेले आफूहरुबाट कुनै व्यवसायलाई संकुचित हुने खालको क्रियाकलापहरु नभएको दाबी गरे । छुट्टै भन्सार महशुल ऐन आइसकेको कारण धेरै भन्सारमा धेरै सुधार हुने अपेक्षा रहेको बताए ।
उनले भने, ‘हामीले जानि बुझिकन कुनै व्यवसायलाई संकुचित हुने हाम्रो उद्देश्य छैन र हुनु हुँदैन् पनि । कहिलेकाँही सानो व्यवसायीको कुरा आउँदैन् । सकेसम्म सबैको आउनुपर्छ । हामीले आर्थिक सुधार गर्ने कुरामा भन्सार महसुल सुधार गर्ने कुरामा हामी गर्छौं । धेरै हदसम्म चाँही भन्सार महशुल ऐन आइसकेको छ यसले धेरै सरल हुन्छ भन्ने लाग्छ अभ्यासकै क्रममा छौं ।’
।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
-
मधेशको आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’