तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना: आमा–छोराको मृत्यु

२०८१ माघ ८ गते मंगलवार
सारांश
  • दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।

तनहुँ: तनहुँमा आज(सोमबार)एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । 


पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको हो ।


दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । 


उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास नगरपालिका–५ पाटन बस्ने १९ वर्षीय सन्दिप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।


अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार