- जनताको भरोसा टुट्न नदिन सरकार सबै क्षेत्रमा सुधारतर्फ अघि बढिरहेको उनको भनाइ थियो ।
लमजुङ, ७ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति जनताको भरोसा रहेको बताएका छन् ।
आज मध्यनेपाल नगरपालिका–१ जीतास्थित सप्तधारा माध्यमिक विद्यालयको ९१ औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र, सुशासन, भ्रष्टाचार नियन्त्रण, पूर्वाधार, शिक्षा स्वास्थ्य खानेपानी, बिजुलीदेखि विविध क्षेत्रको सुधार गर्दै देश समृद्धितर्फ अघि बढिरहेको बताएका हुन् । जनताको भरोसा टुट्न नदिन सरकार सबै क्षेत्रमा सुधारतर्फ अघि बढिरहेको उनको भनाइ थियो ।
सरकारको पहिलो प्राथमिकता जनताको सेवा, आर्थिक क्षेत्र र सुशासन रहेको बताउँदै सञ्चारमन्त्री गुरुङले भने, “जनता र मुलुकको विकासलाई ध्यानमा राखेर सरकारले काम गरिरहेकाले चाँडै विकासले फड्को मार्ने छ ।” वर्तमान सरकारको गठबन्धन आगामी निर्वाचन सम्मै कायम रहने उनले बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।