समाज पढ्यो र बुझ्यो भने सही दिशामा अघि बढिन्छ : सभापति श्रेष्ठ
२०८१ माघ ७ गते सोमवार
- अनेरास्ववियु मन्थली क्याम्पस कमिटीले सोमबार मन्थली बहुमुखी क्याम्पसमा आयोजना गरेको क्याम्पस प्रशासनसँग विद्यार्थी विषयक कार्यक्रममा बोल्दै श्रेष्ठले आफूले २५ वर्ष अगाडि कलेज पढ्दा उठाउने समस्याका विषय र अहिलेका विद्यार्थीले उठाउने समस्या एउटै हुनु दुखद कुरा भएको बताए ।
रामेछाप : वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले नेपालको शिक्षा प्रणाली र व्यवस्थापनमा सुधार हुन नसकेको बताएका छन् ।
अनेरास्ववियु मन्थली क्याम्पस कमिटीले सोमबार मन्थली बहुमुखी क्याम्पसमा आयोजना गरेको क्याम्पस प्रशासनसँग विद्यार्थी विषयक कार्यक्रममा बोल्दै श्रेष्ठले आफूले २५ वर्ष अगाडि कलेज पढ्दा उठाउने समस्याका विषय र अहिलेका विद्यार्थीले उठाउने समस्या एउटै हुनु दुखद कुरा भएको बताए ।
‘शिक्षालाई हेर्ने हाम्रो सोच र समस्या २५ वर्ष अगाडि जे थिए, अहिले पनि त्यही नै छन्, कुनै नयाँपन दिन सकिएको छैन’, उनले भने ।
व्यवस्था, समयको परिवर्तन तथा प्रविधिको विकासले नयाँ नयाँ चुनौति थपिँदै गएका बताउँदै श्रेष्ठले अबको चुनौतीको सामना यही पुस्ताले गर्नुपर्ने बताए । ‘त्यसको लागि नयाँ सोच्ने र खोज्ने जनशक्ति आवश्यक छ’, श्रेष्ठले भने ।
राज्यले सही नीति नलिएको कारण आज समाजमा विपन्नता, गरिबी, विभेद र अराजकता बढेको उनले बताए । यि कुरा बुझ्न र समस्या समाधान गर्न औपचारिक पढाइबाट मात्र सम्भव नभएको उनको धारणा छ । समाज बुझ्नलाई समाज नै पढ्नुपर्नेमा उनले जोड दिए । ‘समाज पढ्यो र समाजको यथार्थता बुझ्यो भने मात्र सही दिशामा अघि बढ्न सक्छौँ’, उनले भने ।
प्रविधिको विकासले मानव श्रमको क्षेत्र साँघुरिँदै गएको बताउँदै श्रेष्ठले अबको पुस्ता प्रविधिसँग खेल्न सक्ने बन्नुपर्ने बताए । ‘टालाटुली बटुली गरेर अब जीवन पनि चल्दैन, समाज पनि चल्दैन’, श्रेष्ठले भने ।
अन्तर्राष्ट्रिय प्रविधिसँग प्रतिस्पर्धाको लागि चेतना र खोज अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले अब समाजलाई हेर्ने र पर्गेल्ने दृष्टिकोण समेत बदल्न आवश्यक रहेको बताए । हरेक कुराको गहिरो विश्लेषणबाट ज्ञानको दायरा बढाउन सक्नेमा उनले जोड दिए ।
वातावरण परिवर्तनको कारण विश्व समुदायमा पारेको प्रभाव अबको पुस्ताको प्रमुख चिन्ताको विषय बन्नु पर्नेमा उनले जोड दिए । ‘शक्ति राष्ट्रहरूको अबको लडाई पानीको लागि हुँदैछ, पृथ्वी संकटमा पर्दैछ, अब सबैको ध्यान पृथ्वी जोगाउनतर्फ केन्द्रित हुनुपर्छ, यो कुरा आजको पुस्ताले बुझ्यो भने मात्र नयाँ पुस्तालाई हामीले सग्लो पृथ्वी दिन सक्ने छौँ, पृथ्वी रहेन भने कोही पनि रहँदैनौँ’, उनले भने ।
समाज र व्यवस्था परिवर्तनसँगै हरेक कुरा परिवर्तन हुनुपर्ने बताउँदै श्रेष्ठले नेपाली समाज त्यस अनुसार परिवर्तन हुन नसेकेको बताए । तथापि परिवर्तन केही भएको छैन भन्ने कुरामा पनि सत्यता नरहेको श्रेष्ठले बताए ।
नेपालले छोटो समयमा नै आर्थिक, सामाजिक, संस्कृति, पूर्वाधार सबै क्षेत्रमा प्रगति गरेको श्रेष्ठको दाबी छ । ‘नेपाल विकासको गतिमा अघि बढेको छ, केही भएको छैन भन्ने भाष्य गलत हो’, उनले भने ।
कार्यक्रममा क्याम्पस प्रशासनसँग विद्यार्थीहरूले विभिन्न प्रश्न राखेका थिए । क्याम्पस सञ्चालक समितिका सदस्य युवराज सुवेदी, क्याम्पस प्रमुख भरत श्रेष्ठ, क्याम्पसको शिक्षा सङ्काय प्रमुख नारद थापा, मानविकी सङ्काय प्रमुख बद्री अधिकारी, व्यवस्थापन सङ्काय प्रमुख दिनेश कार्की, स्ववियु सचिव सुशील थापा लगायतले विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिएका थिए ।
अनेरास्ववियु केन्द्रीय सदस्य आङलामु शेर्पा, जिल्ला अध्यक्ष पुष्कर भट्टराई, मन्थली नगरपालिका कमिटी अध्यक्ष उत्सव केसीलगायतले पनि क्याम्पसको समस्या समाधानका लागि आ–आफ्नो धारणा राखेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।