टोखामा कर्जा सदुपयोगिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८१ माघ ६ गते आईतबार
- नविल बैंक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा –१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
काठमाडौं: काठमाडौंको टोखा नगरपालिकामा कर्जा सदुपयोगिताबारे अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नविल बैंक लिमिटेडको सहकार्यमा टोखा विकास अनुसन्धान समाज टोखा –१० को आयोजनामा शनिबार एकदिने कर्जा सदुपयोगिता सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तक्र्रियामा कर्जा किन लिने ? कति लिने ? कहाँबाट लिने ? जे कामका लागि लिइएको हो सोही काममा प्रयोग गर्नुपर्ने, प्रयोग नगर्दा हुने समस्या सम्बन्धमा निक्षेपकर्ता संस्था र ऋणीहरुबीचमा छलफल भएको थियो ।
नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको अन्तक्र्रियामा ऋषि वाग्ले र अनुराग ज्ञवालीले कर्जा सदुपयोगिता सम्बन्धी प्रशिक्षण दिएका थिए । छलफलबाट प्राप्त राय सुझाव सम्बन्धीत बैंक तथा वित्तिय संस्थाहरुलाई प्रतिवेदनमार्फत उपलब्ध गराउने टोखा विकास अनुसन्धान समाज टोखा –१० का अध्यक्ष एवम् नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक रामजी रेग्मीले जानकारी दिए ।
यस्तै, अन्तक्र्रियामा उठेका राय सुझावलाई निक्षेपकर्ता र ऋणीहरुलाई कर्जा सदुपयोगिताका सम्बन्धमा कायम रहेका नीतिगत व्यवस्थाहरु निर्देशनहरुबारे जानकारी गराउने बताइएको छ । छलफलबाट उठेका प्रश्नको समाजका अध्यक्ष एवम् राष्ट्र बैंकका पूर्वसञ्चालक रामजी रेग्मीले उत्तर दिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
-
आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?
-
अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने साउदी अरबको चेतावनी
-
काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
-
रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।