धोविखोला करिडोर क्षेत्रका संरचनामा प्राधिकरणको डोजर

२०८१ माघ ६ गते आईतबार
सारांश
  • चाबहिलस्थित ओम अस्पताल नजिकै मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा स्थानीयले अवरोध गर्ने प्रयास गरेका थिए ।

काठमाडौं : काठमाडौंको धोविखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भवन एवम संरचना भत्काउने काम सुरु गरिएको छ । उपत्यका विकास प्राधिकरणले डोजर लगाएरै भवन भत्काउन थालेको हो । 


आइतबार काठमाडौं महानगरपालिका–७ स्थित धोविखोला क्षेत्रका केही संरचना भत्काइएको छ । चाबहिलस्थित ओम अस्पताल नजिकै मालपोत कार्यालयसँगै बनेका भवन भत्काउने क्रममा स्थानीयले अवरोध गर्ने प्रयास गरेका थिए ।


धोविखोला र बागमती नदी किनारमा करिब ५ सय रोपनी जग्गा सार्वजनिक जग्गा अतिक्रमण भएको जनाइएको छ । मापदण्ड विपरीतको संरचना र सरकारी जग्गा अधिक्रमण गरिएको भन्दै प्राधिकरणले एक्सन लिएको हो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार