अभियन्ता डा. निकोलस फेरि कास्की प्रहरीको न्यायिक हिरासतमा
२०८१ माघ ४ गते शुक्रवार
- कास्की जिल्ला अदालतका न्यायाधीश नारायण दाहालको इजलासले डा.भुषाललाई हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई दैनिक हाजिर गराएर कास्की प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
पोखरा: सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल)लाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज फेरी आफ्नो नियन्त्रणमा लिएको छ ।
डा. निकोलस भुसाल (कमल)लाई अदालतको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
विद्युतीय अपराधको मुद्दामा अनुसन्धान सकिएपछि आज जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा अदालतले आज आदेश दिन समय अभाव भएको भन्दै डा. निकोलसलाई न्यायिक हिरासतमा पठाएकाले प्रहरी नियन्त्रणमा लिएको एसपी ओलियाले बताए। डा. निकोलसलाई शुक्रबार फेरी अदालतमा पेश गरिने एसपी ओलियाले उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर खिचेर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाल (कमल)लाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा चलाएर हिरासतमा लिन चाहेको थियो ।
तर कास्की जिल्ला अदालतका न्यायाधीश नारायण दाहालको इजलासले डा.भुषाललाई हिरासतमा राख्न अनुमति नदिएपछि उनलाई दैनिक हाजिर गराएर कास्की प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
भुसाललाई शुक्रबार अदालतमा पेस गर्ने र बयान गराइने ओलियाले जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।