- समारोहमा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले प्रदर्शनीमा सहभागी हुन पाएकामा खुसी व्यक्त गरे ।
काठमाडौँ, ४ माघः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा आजदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ, बिन्दु स्पेश फर आर्टिष्ट र काठमाडौँ ट्रिएनालेको संयुक्त आयोजनामा नेपालसहित अमेरिका, आयरल्याण्ड, डेनमार्कका कलाकारको सहभागितामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उक्त प्रदर्शनी उद्घाटन गर्दै कला विश्वभाषा भएको र यसलाई बुझ्न बुझाउन यस्ता प्रदर्शनी महत्त्वपूर्ण हुने बताए । उनले प्रदर्शनीलाई संस्कृति, ज्ञान, सीप आदानप्रदानसँग जोड्दै कलाकारहरूले विश्व मानवहितका लागि काम गर्नुपर्ने धारणा व्यक्त गरे ।
समारोहमा प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले प्रदर्शनीमा सहभागी हुन पाएकामा खुसी व्यक्त गरे ।
आयरल्याण्डका कलाकार लोरा मर्फीले यस प्रदर्शनीका लागि नेपाल ललितकला प्रतिष्ठानप्रति आभार व्यक्त गरे । उनले यस्ता प्रदर्शनीले कलाकारहरूलाई फरक देशको कला, भाषा, संस्कृति बुझ्नलाई थप सहयोग पुर्याउने बताए । प्रदर्शनीमा नेपाली कलाकारका ६५, अमेरिकाका २२, डेनमार्कका दुई, आयरल्याण्डका दुई गरी २६ कलाकारका ८२ कलाकृति राखिएका छन् ।
प्रदर्शनीमा प्रतिष्ठानका कुलपति हार्तम्छाली, पूर्वकुलपति केके कर्माचार्य, पूर्वकुलपति किरण मानन्धर, हालका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्लेलगायत कलाकृति पनि समावेश छ ।
प्रदर्शनी यही माघ ६ गतेसम्म चल्ने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिए । पोखरामा बनाइएका कलाकृतिसमेत प्रदर्शनीमा राखिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।