सञ्चार क्षेत्रलाई आवश्यकता अनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ
२०८१ माघ ३ गते बिहिवार
- उनले मुलुकमा अस्थिरता ल्याउने र स्वाभिमान माथि आक्रमण गर्ने प्रयासहरु भईरहेको भन्दै स्वाभिमानको पक्षमा राज्यको स्वामित्व भएको संस्था दरो भएर उभिनु पर्ने बताए ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको आवश्यकता अनुसार संस्थाहरु सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् ।
बिहिबार काठमाडौंमा आयोजित पूर्वारम्भ कार्यक्रम समापन समारोहमा उनले यो क्षेत्रलाई नयाँपन दिन र मुलुकको आवश्यकता अनुसार संस्थाहरुलाई चलाउनको लागि सञ्चार मन्त्रालय प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘एकदमै धेरै उठेको कुरा भनेको स्वतन्त्र हुनुपर्छ भन्ने हो । हाम्रो आम सञ्चार, दूरसञ्चार विधेयक पनि आउदैँछ । सबै गरेर यो क्षेत्रलाई अब नयाँपन दिने, जुन खालको शासन प्रणाली स्थापना भएको छ, जुन खालको विज्ञान र प्रविधि विकास भएको छ, मुलुकको आवश्यकता जे छ त्यही अनुसार संस्थाहरुलाई चलाउने हो । त्यो काममा सञ्चार मन्त्रालय प्रतिबद्ध छ । यो काममा सबैको सहयोग आवश्यक हुन्छ ।’
यसको साथै, उनले मुलुकमा अस्थिरता ल्याउने र स्वाभिमान माथि आक्रमण गर्ने प्रयासहरु भईरहेको भन्दै स्वाभिमानको पक्षमा राज्यको स्वामित्व भएको संस्था दरो भएर उभिनु पर्ने बताए ।
उनले भने, ‘अहिले मुलुकमा सामाजिक सद्भाव कायम गर्ने ठूलो चुनौती छ । मुलुकमा अस्थिरता ल्याउने कोशिस भई रहेको छ । हाम्रो स्वाभिमान माथि आक्रमण गर्ने काम भईरहेको छ । स्वाभिमानको पक्षमा दरो भएर उभिनु पर्छ । नाफाको लागि खुलेका संस्थाहरुले त्यो गर्दैन् । यो राज्यको स्वामित्व भएको संस्थाले गर्नुपर्छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’