राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको निर्देशन
२०८१ माघ ३ गते बिहिवार
- मन्त्री डा राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई आज मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
काठमाडौँ, ३ माघः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न देशमा रहेका सबै नेपाली मिसन प्रमुखलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन् ।
मन्त्री डा राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरुलाई आज मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
उनले भनिन, “आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न अङ्गका रुपमा हामीले अघि बढाइरहेकाले नेपालको विकासको आकाङ्क्षा र आर्थिक वृद्धिका लागि सहयोग पु¥याउने गरी कुनै पनि क्षेत्रको अन्वेषणमा लाग्नुहोस्, जसले नेपालमा आर्थिक लगानी आकर्षित गर्न सहयोग पुगोस् ।”
आफू रहेका देश तथा स्थानका सम्भावनालाई नेपालसँग जोडेर त्यसबाट नेपालले कसरी लाभ लिनसक्छ र नेपालको आर्थिक विकासका प्रयासलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा सोचेर काम गर्न मिसन प्रमुखहरुलाई उनको सुझाव थियो ।
मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकाङ्क्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेर अलग्गै महाशाखामार्फत काम गर्न लागेकाले नेपालका सबै मिसनहरुले आर्थिक कूटनीतिका मध्यमबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने काममा लाग्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री डा राणाले भनिन, “विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीतिका माध्यमबाट आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनालाई विश्व बजारसम्म पु¥याउन आवश्यक देखिएको छ ।”
मन्त्री डा राणाले नेपाली उत्पादन एवं पर्यटनको सम्भावनालाई विश्व बजारमा प्रवद्र्धन गर्ने कामका लागि आफू रहेका स्थानमा समयसमयमा आयोजना हुने मेला, महोत्सव एवं प्रदर्शनीमा सहभागी हुन पनि आग्रह गरेकी थिईन।
नेपालले आगामी दिनमा जलवायु परिवर्तनका कारण भोग्नसक्ने समस्यालाई ध्यानमा राखेर जलवायु न्यायका विषयलाई विश्वव्यापी रुपमा पैरवी गर्नुपर्ने अवस्था आएको तर्फ ध्यानाकर्षण गराउँदै निकट भविष्यमै नेपालमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमको सफलताका लागि पनि आ–आफ्ना ठाउँबाट लाग्न मन्त्री डा राणाले सबैलाई आग्रह गरिन ।
उनले भनिन, “आफू र आफ्नो क्षेत्राधिकारमा रहेका मुलुकको सरकार, विभिन्न निकाय र निजी क्षेत्रसँग यथाशक्य सम्पर्क र सम्बन्ध बिस्तार गरी उनीहरुका नीतिहरुलाई राष्ट्रको स्वार्थ अनुकूल बनाउन लाग्नुहोस् । हाम्रो कूटनीतिको प्रभावकारिता नेपाली मिसनको क्षमतामा भरपर्ने भएकाले यसतर्फ ध्यान दिएर काम गर्नुहोस् ।”
मन्त्री डा राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै गरिएको सङ्गठन तथा व्यवस्थापन सर्भेबाट सहयोग पुग्ने बताउँदै यसबाट परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताईन ।
विदेशमा रहेको ठूलो नेपाली समुदायलाई आवश्यक पर्ने सेवा प्रदान गर्न, उनीहरुको हितको रक्षा गर्दै आवश्यकतामा ध्यान दिन तथा उनीहरुका समस्या र गुनासाहरुमा सहजै उपलब्ध भइदिन पनि सबै मिसन प्रमुखहरुलाई निर्देशन दिईन ।
त्यस अवसरमा परारष्ट्र सचिव अमृतबहादुर राईले आफू रहेका देशका नीति एवं कार्यक्रमलाई नेपालको स्वार्थ अनुकूल बनाउन तथा विदेशमा रहेका नेपालीको हकहितको रक्षागरी वैदेशिक रोजगारीमा रहेको ठूलो नेपाली समुदायको हितको प्रवद्र्धनमा लाग्न निर्देशन दिएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’