सार्वजनिक सेवा प्रसारण (पिएसबी)समावेशिताको ऐना बन्नुपर्छ : मन्त्री गुरुङ्ग
२०८१ माघ १ गते मंगलवार
- मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङ्गले पिएसबीमा सबै बर्ग, क्षेत्र, भाषभाषी, जातजाति र क्षेत्रका विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताएका हुन् ।
काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्ने बताएका छन् ।
मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङ्गले पिएसबीमा सबै बर्ग, क्षेत्र, भाषभाषी, जातजाति र क्षेत्रका विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘सार्वजनिक सेवा प्रसारण पिएसबी समावेशिताको ऐना बन्न सक्नुपर्छ । पिएसबीमा सबै बर्ग, क्षेत्र, भषाभाषि, जातजाति र क्षेत्रको विविधता झल्कने समावेशिता र समानताको ऐना बन्नुपर्ने लागेको छ । राष्ट्र निर्माणका लागि पिएसबीले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । पिएसबीले सहभागितामुलक, समानता र समाबेशी अवधारणामा आधारित भएर काम गर्छ भन्ने विश्वास लिएको छु ।’
साथै उनले पिएसबीले अब सत्ताको तावेदारी नगरी जनताको सुचनाको हकको प्रत्याभुत गर्ने, समाज र राष्ट्रप्रतिको दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । उनले अरु मिडियाले झै नाफा कमाउने नभइ पिएसबीले सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै यो संस्था समाज, जनता र देशप्रती केन्द्रित हुनुपर्नेमा जोड दिए ।
त्यसैगरी कार्यक्रममा संचार तथा सूचना प्रबिधि मन्त्रालयकी सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण (पिएसबी) संस्थाको दिगोपनमा बिषेश ध्यान दिन आग्रह गरेकी छिन् । उनले पिएसबी ऐनको पूर्ण कार्यान्वयनका लागि आवश्यक नीति नियम, विनियमम क्रमशः तयार गर्ने विषयमा मन्त्रालय लागि परेको समेत उल्लेख गरिन् ।
उनले भनिन् , ‘सार्वजनिक सेवा प्रसारण (पिएसबी) संस्थाको दिगोपनमा बिषेश ध्यान दिन हामीले जरुरी छ । यसका लागि आवश्यक नीति नियम, विनियमम क्रमशः तयार गर्ने विषयमा मन्त्रालय लागि परिरहेको छ ।’
अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण विपद्को सारथी र समृद्ध राष्ट्र निर्माणको सम्वाहकको रुपमा रहने बताए । उनले पिएसबी नेपालको मुख्य प्राथमिकतामा राष्ट्र निर्माण, विपद्को सारथीका साथै समृद्धिको आयम रहने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।