१३ वर्षदेखि माघेसंक्रान्तिमा खिचडी भोज

२०८१ माघ १ गते मंगलवार
सारांश
  • जनकपुरधामको जानकी चोकस्थित अंगराज सर (अरगज्जा) पोखरीको डिलमा खिचडी भोजको आयोजना गरिएको हो ।

जनकपुर : माघे संक्रान्तिको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि जनकपुरधाममा खिचडी भोज गरिएको छ ।


जनकपुरधामको जानकी चोकस्थित अंगराज सर (अरगज्जा) पोखरीको डिलमा खिचडी भोजको आयोजना गरिएको हो ।


जानकी मन्दिर छेउमा रहेको जानकी चोकका स्थानीय युवा तथा व्यापारीहरुले खिचडी भोजको आयोजना गर्ने गर्छन् । 


भाईचारा र संस्कृतिलाई जोगाउनका लागि विगत १३ वर्षदेखि यस भोजको आयोजना गर्दै आएको स्थानी युवा विरेन्द्र कर्णले बताए । उनेल हरेक धर्म, वर्ग र जातका व्यक्तिलाई एकै ठाउँमा राखेर खिचडी खुवाउने गरेको उनले बताए ।


खिचडी भोजमा करीब ८०० जनाले यहाँ आएर खाने उनले बताए । भोजमा खिचडी, पापड, अचार, दही, चिनी, घ्यूसहितको परिकारको व्यवस्था गरिन्छ । भोजमा विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यापारी, स्थानीय, सञ्चारकर्मी तथा समाजसेवीहरुको उपस्थिति रहेको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार