विपद्मा भएको क्षतिको परिपुरण जस्ताको त्यस्तै कुनै पनि देशले गर्न सक्दैनः सहसचिव डा. भूसाल
२०८१ पुस २९ गते सोमवार
- राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा बोल्दै उनले डोटिमा गएको भूकम्पले क्षति पुर्याएका घरहरु पुर्नसंरचना गर्नका लागि सरकारले ४ लाख रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।
काठमाडौं : नेपाल सरकारका सहसचिव डा. भीष्म कुमार भूसालले भूकम्पले क्षति पुर्याएका संरचनाहरु सरकारले बनाउन करिब ३ देखी ५ लाख रुपैयाँ उपलब्ध गराउन सक्ने बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा बोल्दै उनले डोटिमा गएको भूकम्पले क्षति पुर्याएका घरहरु पुर्नसंरचना गर्नका लागि सरकारले ४ लाख रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।
उनले भने, ‘भूकम्पले क्षति पुर्याएका घरहरु निर्माण गर्न सरकारले ३ देखी ५ लाखसम्मको रकम छुट्याएको छ । हिमाली क्षेत्रमा ५ लाख, पहाडी क्षेत्रमा ४ लाख र तराइ क्षेत्रका लागि ३ लाख छुट्याएको छ । अब यसमा घर बन्ने हो की होइन भन्ने पोचिलो प्रश्न उठ्नु स्वभाविक नै हो । हामीले भूकम्पले क्षति पुर्याएका डोटिका घरहरु पनि हेरे तर ति घरहरु २० देखी २५ हजारमा बनेका पनि छन् । अहिले चाँही सरकारले ४ लाखसम्म उपलब्ध गराउने भनेको छ ।’
यसैगरी उनले सरकारले आफ्नो क्षमता अनुसार कति सहयोग गर्छ त्यो सरकारको ढुकुटिमा निर्भर रहने बताए । उनले कुनै पनि विपद्मा भएको क्षतिको परिपुरण जस्ताको त्यस्तै संसारमा कुनै देशले पनि गर्न नसक्ने बताए ।
उनले भने, ‘सरकारको आफ्नो क्षमता अनुसार कति सहयोग गर्छ त्यो सरकारको ढुकुटिमा निर्भर पर्छ । बाँकी कुनै पनि विपद्मा भएको क्षतिको परिपुरण जस्ताको त्यस्तै संसारमा अमेरिकाले पनि गर्न सक्दैन । पुरै क्षतिको परिपुरण कुनै देशले गर्न सक्दैन । त्यसैले नेपालले पनि न्यूनतम आवासको चाँही हक सुनिश्चत गर्नको लागि सरकारले सपोर्ट गर्नुपर्ने विषय चाँही हो ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।