- चार वर्षअघि आफ्नै बुहारीको हत्या गरी फरार भएकी खातुनलाई पुस २६ गते गढीमाई नगरपालिका–२ समनपुरबाट पक्राउ गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।
काठमाडौं : रौतहट प्रहरीले बुहारीको हत्या गरी फरार भएकी सासुलाई चारबर्ष पछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय रौतहट तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले ६२ वर्षीय सायरा खातुनलाई पक्राउ गरेको हो । चार वर्षअघि आफ्नै बुहारीको हत्या गरी फरार भएकी खातुनलाई पुस २६ गते गढीमाई नगरपालिका–२ समनपुरबाट पक्राउ गरेको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताए ।
उनका अनुसार खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो.इन्ताज चुडिहारकी २२ वर्षीय श्रीमती निसनारा खातुनलाई हत्या गरेकी थिइन् । घटनापश्चात् उनी फरार भएकाले प्रहरीले खोजी गरिराखेको उनले उल्लेख गरेका छन् ।
अन्ततःखातुनलाई पक्राउ गर्न सफल भएको उनले जानकारी दिए । पारिवारिक विवादकै कारण सायरा खातुनले निसनारा खातुनलाई कुटपिट गर्दै मुखमा कपडा कोचेर हत्या गरेको उनले बताए ।
अदालतबाट जारी भएको पक्राउ पुर्जी दिएर खातुनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । प्रहरीका अनुसार रौतहट जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’