नेपाल ट्रक यातायात व्यवसायी महासंघद्वारा सरकारको ध्यानाकर्षण
२०८१ पुस २९ गते सोमवार
- सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी भारतिय मालवाहक सवारी साधनको निवार्ध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गरिनुपर्ने लगायतका पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
काठमाडौं : नेपाल ट्रक यातायात व्यवसायी महासंघले विभिन्न माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी भारतिय मालवाहक सवारी साधनको निवार्ध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गरिनुपर्ने लगायतका पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
स्वदेशी र बिदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रणमा सरकारले सम्बन्धित निकायहरुबाट विशेष पहलमा उदाशिनता देखाए अन्य सडक संरचनाहरुमा समेत क्षति हुन जाने महासंघको भनाई छ ।
विज्ञप्तीमा लेखिएको छ, ‘२०८१ साल पौष २६ गतेका दिन भारतिय मालवाहक एन.एल.०१ ए एच ५१६१ नंको सवारी साधनले अत्याधिक भारवहन गरी संचालन भएको कारणले दुम्किवासमा रहेको विनय खोलाको पुल भाचिन गई सवारी साधन संचालनमा समेत बाधा पुग्न गएकोले यस सम्बन्धमा गण्डकी प्रदेशका सम्बन्धित निकायहरुलाई कारबाही प्रकृया अगाडी बढाउन ध्यानाकर्षण गराउँदै स्वदेशी र विदेशी मालवाहक सवारी साधनको भारवहन नियन्त्रणमा नेपाल सरकारले सम्बन्धित निकायहरुवाट विशेष पहलमा उदाशिनता देखाए अन्य सडक संरचनाहरुमा समेत क्षति हुन जाने भएको हुँदा गम्भिर ध्यानाकर्षण गराउन चाहान्छौं ।’
यस्ता छन् मागहरु ः
१) भारतिय मालवाहक सवारी साधनको निवार्ध आवागमनमा रोक लगाई ७२ घण्टे प्रवेश पास खारेज गरिनुपर्ने,
२) मालवाहक सवारी साधन भारवहन नियमन सम्वन्धि कार्यविधि २०७४लाई कडाईका साथ कार्यान्वयन गर्नुपर्ने,
३) नेपाल प्रवेश गर्ने भारतिय सवारी साधनलाई भन्सार विन्दुमानै नेपालको कानूनले तोकेको भारवहन भन्दा बढी माल वस्तुको जाँच पास गर्ने अधिकारीलाई जिम्मेवार बनाईनुपर्ने,
४) नेपालका जिर्ण पूल र जोखिमयुक्त सडकहरुमा स्पष्ट देखिने गरि सडकको क्षमता र चिन्ह् राखिनुपर्ने,
५) ट्राफिक प्रहरी, जनपद प्रहरी र यातायात व्यवस्था कार्यालयहरुबाट मालवाहक सवारी साधनले तोकिएको भारवहन गरेका छन् कि छैनन् भनि मान्यता प्राप्त तौलपुल र निकायको लोड सिट समेत चेक जाँच गरिनुपर्ने र अधिक भारवहन गरेको पाईएमा जरिवानासहित अधिक भरलाई अनलोड गर्न लगाई भार मिलान गरेर मात्र अगाडी बढ्न दिनुपर्ने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।