जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री
२०८१ पुष २७ गते शनिवार
- उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहे पनि नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण रहेको बताए ।
काठमाडौं: अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा कुनै मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापार दिगोपन सम्बन्धी नेपालको तेस्रो वार्षिक सम्मेलनमा उनले जलवायु परिवर्तनको मुद्धा साझा विषय भएको हुनाले सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ र यसका असरहरु आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा प्रस्ट रुपमा देखिँदै आएको छ । यो मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा हो र यसका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्छ भन्ने विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा निरन्तर आवाज उठाउँदै आएको छ ।’
यस्तै, उनले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहे पनि नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण रहेको बताए ।
उनले भने, ‘जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहेको छ । यद्यपी नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण छन् । अन्तराष्ट्रिय व्यापारको दिगोपनाको लागि जलवायु परिवर्तनका मुद्धालाई सम्बोधन गर्ने सम्बन्धमा यो सम्मेलनले उपयोगी निष्कर्ष अघि सार्ने अपेक्षा गरेको छु ।’
पूर्वाधार संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्तिकारण हुने क्षती नोक्सानीबाट आपूर्ती श्रृखलामा अवरोध आउने भन्दै यसलाई ध्यानमा राखि जलवायुमैत्रि विकास प्रक्रियामा थप प्रभावकारी प्रयास गर्नुपर्ने पनि उनको भनाई छ ।
उनले भने, ‘व्यापार सम्बन्धी पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरि उत्थानशिल बनाउने तर्फ पनि थप क्रियाशिलता अबलम्बन गर्नुपर्ने आवश्यकता छ । हामीले ठूलो लगानीमा निर्माण गरेका पूर्वाधार संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्ति, बाढि, पहिरो र भूकम्पका कारण हुने क्षती नोक्सानीबाट हुने आपूर्ती श्रृखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखि जलवायुमैत्रि विकास प्रक्रियामा थप प्रभावकारी प्रयास गर्नुपर्ने आवश्यकता छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।