‘तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त’

२०८१ पुष २७ गते शनिवार
सारांश
  • उनले निर्माण क्षेत्रमा रहेका समस्याहरु निरन्तर रुपमा नेपाल सरकार समक्ष राख्दै आए पनि सरकारले वास्ता नगरेको गुनासो गरे ।

काठमाडौं: नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवी सिंहले केन्द्रिय सरकारबाट सञ्चालन भएको योजनाहरु तीन तहको सरकारमा विभाजन भएदेखि आयोजनाहरु समस्याग्रस्त भएको बताएका छन् ।

 

शनिबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पहिला सबै केन्द्रिय सरकारबाट सञ्चालन आयोजनाहरु तीन तहको सरकारलाई हस्तान्तरण गर्दै गर्दा प्रदेश सरकारले ति योजनाहरु आत्मसाथ नगरेको कारणले आयोजनाहरु समस्याग्रस्त भएको बताए ।

 

उनले भने, ‘तीन वटा सरकारले कार्यन्वयन गर्ने आयोजनाहरु जुन पहिला सबै केन्द्रिय सरकारबाट सञ्चालन हुन्थ्यो । देश संघीयतामा गएसंगै आयोजनाहरु संघीय प्रदेश र स्थानिय सरकारहरुले सञ्चालन गर्याे । संघीय सरकारले ति आयोजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्दै गर्दा प्रदेश सरकारले ति योजनाहरु आत्मसाथ नगरेको कारणले या स्वामित्व नगरेको कारणले त्यस बेलादेखी नै धेरै आयोजनाहरु समस्याग्रस्त भएको छ ।’

 

यस्तै, उनले निर्माण क्षेत्रमा रहेका समस्याहरु निरन्तर रुपमा नेपाल सरकार समक्ष राख्दै आए पनि सरकारले वास्ता नगरेको गुनासो गरे ।

 

उनले भने, ‘यो बहुबर्षीय आयोजनाहरु न्यून बजेटहरु गरेर अधिकांश योजनाहरु सम्झौता  गरीएको छ, बहुबर्षीयको नाममा ३० लाख, ५० लाख, ८० लाख डेढ करोडसम्म बजेट विनियोजन गरेर हामीसँग ८÷१० करोड देखी लिएर सवा अरबको आयोजनाहरु पनि सञ्चालित छन् । त्यसमा अधिकांश एकल आयोजनाहरु बढि प्रभावित भएका छन् । 

 

यसरी हाम्रा समस्याहरु हामीले निरन्तर रुपमा नेपाल सरकारलाई राख्दै आएका छौं । तर सरकार परिवर्तन भई रहँदा योजनाहरु पनि थपिँदै गएका छन् सरकारले अहिले धान्नै नसक्ने गरेर योजनाहरु सम्झौता गरेका छन् ।’ 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार