- शुक्रबार सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बर्तमान गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शि रहेकोले नचल्ने दाबी गरेका हुन् ।
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्राकृतिक भएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बर्तमान गठबन्धन अप्राकृतिक, अलोकतान्त्रिक र अपादर्शि रहेकोले नचल्ने दाबी गरेका हुन् ।
उनले भने,‘यो गठबन्धन अप्राकृतिक,अलोकतान्त्रिक र अपादर्शी छ भनेर मैले गम्भीर रुपले भनिसकेको छु ।अप्राकृतिक भएकाले अब यो चल्दैन ।’
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ सम्म चुनावै नगरी बस्न खोजेको बताए ।
प्रधानमन्त्रीले ओली संसद नै भंग गर्ने मान्छेले भएको भन्दै संसद भंग गरेर ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसांैला भन्ने सोच बनाएको होकी भनेर आशंका व्यक्त गरे ।
उनले भने, ‘०८७ सम्म बस्ने उहाँको चाहना होला । अब हेरौं, ०८७ सम्म चुनावै नगरिकन बस्ने होकि ? त्यसलाई पनि मान्छेले प्रश्न खडा गर्छ । संसद नै भंग गर्ने मान्छेले संसद भंग गरेर ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसौंला भन्ने सोच्नुभएको छ कि थाहा भएन ।’
यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यो देश नबन्नुको मुख्य कारण अहिलेको नेतृत्व र उक्त नेतृत्वले ल्याएको व्यवस्था रहेको बताए । सरकार निर्माणको प्रकृयामा दुई ठूला दलले संविधान संशोधनको लागि मिलेको भनेर सार्वजनिक गरेकोमा अहिले यहाँ त्यो बिषय भन्नको लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको उनको भनाई छ ।
उनले भने, यो देश नबन्नुको मुख्य कारण अहिलेको नेतृत्व र यो नेतृत्वले ल्याएको व्यवस्था हो । यो नेतृत्व र व्यवस्थाले देश बन्दैन। हामीले संविधानमा परिवर्तनको बिषय उठाइरहेका छौं। सरकार निर्माणको प्रकृयामा दुई ठूला दलले संविधान संशोधनको लागि ठूला दल मिलेको भनेर सार्वजनिक गरे अहिले यहाँ आइपुग्दा त्यो बिषय भन्नको लागि मात्रै भनिएको रहेछ भन्ने प्रमाणित भएको छ ।’
उनले देशलाई भ्रष्टाचार मुक्त बनाएर समृद्ध बनाउनको लागि अहिलेको नेतृत्व र व्यवस्था फ्याक्नुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।