रवि लामिछाने हिरासतमुक्त भएपछि रास्वपा कास्कीले माफी माग्यो

२०८१ पुष २६ गते शुक्रवार
सारांश
  • रास्वपाका कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रबार विहानै प्रेस बिज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीसँग क्षमा मागेका हुन् ।

कास्की । पार्टी सभापति रवि लामिछाने ६५ लाख रुपैंयाँ धरौटी राखेर छुटेको भोलिपल्ट बिहान राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीले जनतासँग माफी मागेको छ । 


रास्वपाका कास्की जिल्ला अध्यक्ष यदुनाथ अधिकारीले शुक्रबार विहानै प्रेस बिज्ञप्ति निकालेर आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीसँग क्षमा मागेका हुन् ।

 

पार्टी सभापति लामिछानेको रिहाई र न्यायका लागि विभिन्न मध्यमबाट आन्दोलनमा उत्रिएका पार्टीका सम्पूर्ण कार्यकर्ता शुभचिन्तक, समर्थक, न्यायप्रेमी जनसमुदाय र पत्रकारहरुलाई कृतज्ञता प्रकट गर्दै उक्त बिज्ञप्तिमार्फत आन्दोलन, धर्ना विरोधसभाको क्रममा आम नागरिक, सुरक्षाकर्मी, नेपाल प्रहरी र उद्यमी व्यवसायीलाई पर्न गएको असुविधाप्रति पार्टीको तर्फबाट क्षमा याचना गरिएको छ ।

 

उक्त विज्ञप्तिमा भनिएको छ ‘ढिलै भएपनि सत्यको जित भएको छ । हाम्रो पार्टी सभापति एवं पूर्वगृहमन्त्री माननीय रवि लामिछानेज्यू मिति २०८१ कार्तिक २ गतेबाट विगत ८४ दिनदेखि विना कसूर सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्दीकरण अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहनुभएको थियो । सम्मानित कास्की जिल्ला अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाई गर्ने आदेश दिएको छ । सम्मानित कास्की जिल्ला अदालतको आदेशप्रति हामी हार्दिक अभार, कृतज्ञतासहित उच्च सम्मान व्यक्त गर्दछौ । ढिलै भएपनि आखिर सत्यको जित, न्यायको जित भएको छ ।’

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार