जसपा नेपालका केन्द्रीय विभागहरुले पाए नेतृत्व

२०८१ पुष २५ गते विहिवार
सारांश
  • पार्टीले गठन गरेका केन्द्रीय विभागहरुमा प्रमुख, उपप्रमुख र सचिवलगायतका पदाधिकारीहरु चयन गरिएको हो ।

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय विभागहरुमा नेतृत्व चयन गरिएको छ । 


पार्टीले गठन गरेका केन्द्रीय विभागहरुमा प्रमुख, उपप्रमुख र सचिवलगायतका पदाधिकारीहरु चयन गरिएको हो । 


जसपा नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, प्रचार प्रसार तथा प्रकाशन विभाग, आर्थिक विभाग, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभाग र युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुख पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट तय गरेको थियो भने अन्यमा सम्बन्धित विभागको बैठकबाट प्रमुखलगायतका पदाधिकारी चयन गरिएको हो ।


जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्जुन थापा, प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुखमा पूर्ण बस्नेत, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा सुरेन्द्र यादव र पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुखमा सुरेश मण्डल चयन भएका छन् ।


त्यसैगरी विभागीय प्रमुखको जिम्मेवारी पाउनेहरुमा आर्थिक विभागमा बलराम महतो, सूचना सञ्चार विज्ञान तथा प्रविधि विभागमा जितेन्द्रकुमार यादव, युवा विद्यार्थी तथा खेलकुद विभागमा विदेश्वर यादव (बिक्की), महिला विभागमा प्रमीला कुमारी र सहकारी तथा गरिबी निवारण विभागमा उदयकान्त मिश्र रहेका छन् ।


विभागको बैठकबाट सामाजिक सेवा तथा गैर सरकारी संस्था विभागमा विनिता यादव, उद्योग वाणिज्य तथा आपूर्ति विभागमा लक्ष्मण गुरुङ, बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागमा  हेमचन्द्र महतोले विभागीय प्रमुखको जिम्मेवारी पाएका छन् ।


गठन गरिएका संगठन विभाग र कानुन विभागमा पदाधिकारी चयन गर्न बाँकी छ भने अन्य विभागहरु आगामी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट गठन गरिने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार