दिव्योपदेशलाई आत्मसाथ गरौँ - पूर्वराजा ज्ञानेन्द्र शाह

२०८१ पुष २५ गते विहिवार
सारांश
  • हामीमध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी भूमिका निर्मित वादमा किन भर परेका हुन् भन्ने प्रश्न गर्नुपर्ने बेला आएको छ, पूर्वराजा शाहले भिडियोमा भनेका छन्।

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा बिहीबार एक भिडियो सन्देश सार्वजनिक गर्दै राष्ट्रनिर्माताका मार्गदर्शनलाई आत्मसात् गर्नसके नेपाललाई कसैले केही गर्ननसक्ने बताएका छन्।

 

हरेक वर्ष पुर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसका दिन देशवासीका नाममा संदेश जारी गर्ने गरेका छन्। सोहि अवशर पारि पुर्व राजा ज्ञानेन्द्र शाहले आज एक भिडियो मार्फत संदेश जारी गरेका हुन्।  

 

नेपाल एकिकराणको घटनालाई स्मरण गर्दै पुर्व राजा ज्ञानेन्द्र शाहले भनेका छन् "तितरबितर भएर छरिएको सानो भूखण्डमा विभक्त भएको नेपाललाई हाम्रो राष्ट्र निर्माताबाट एक सिंगो र सबल राष्ट्रको रुप दिईबक्सियो।  यो विषय केवल भूगोलको मात्र होइन विविधता भिजेको एक सामाजिक समन्वयको कडी पनि थियो। मौसुफबाट देशको आन्तरिक एकता र अविछिन्न राष्ट्रिय अस्तित्व रक्षाका शुत्रहरू पनि दिव्योपदेश मार्फत हामीलाई बक्सेको छ।"  

 

साथै उनले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने पनि बताएका छन्। हामीमध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी भूमिका निर्मित वादमा किन भर परेका हुन् भन्ने प्रश्न गर्नुपर्ने बेला आएको छ, पूर्वराजा शाहले भिडियोमा भनेका छन्।

 

प्रजातन्त्रलाई परिभाषित गर्दै शाह भन्छन "आम नागरिकको सुरक्षा, गास बास कपास शिक्षा र रोजगारीको सुनिस्चितता सहितको स्वतन्त्रतालाई मात्र हामी पूर्ण प्रजातन्त्र मान्न सक्छौं।  यस दृष्टिले नेपालमा पुर्ण प्रजातन्त्र अझै आम नेपालीको सपनामा सिमित रहेको बुझ्नु पर्दछ। राष्ट्रियता सहितको पुर्ण प्रजातन्त्र नै बडामहाराज धिराजको विचार र प्रतिबद्धता हो।"

 

दिव्यउपदेशबाट नेपाललाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भएको पनि पूर्वराजा ज्ञानेन्द्र शाहले उल्लेख गरेका छन्।

 

सबै नेपालीलाई सुखी र सन्तुष्ट राख्नु आवश्यक रहे पनि विश्वको व्यवस्थामा नेपाल कुन कुनामा छ भनी सोचनीय रहेको पनि उनले बताएका छन्। उनले आवधिक निर्वाचन र स्वतन्त्रताले मात्र प्रजातन्त्रको मूल्य बोक्न नसक्ने तर राष्ट्रियता आमसुरक्षा र गासबाससहितको व्यवस्था नै पूर्णप्रजातन्त्र हुने उनले बताएका छन्।

 

‘हामी सुनको कमण्डलु बोकेर अरुसँग भिक्षा मागिरहेका छौँ’, उनले भिडियोमा भनेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार