निषेधित क्षेत्र तोडेर रास्वपा कार्यकर्ताद्वारा अदालत अगाडी प्रम ओलीबिरुद्ध नाराबाजी

२०८१ पुष २४ गते बुधवार
सारांश
  • सोहि समुहले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाविरुद्ध चर्को नाराबाजी पनि गरेका थिए ।

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले मंगलबार दिउसो स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर कास्की जिल्ला अदालत अगाडी वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाराबाजी गरेका छन् ।

 

सुर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा रबि लामिछानेको थुनछेक बहस सकिएर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की फिर्ता लैजाने क्रममा रस्वपाका नेता तथा कार्यकर्ताहरुले स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर अदालत अगाडी वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाराबाजी गरेका हुन् ।

 

कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीले घेरा हालेर प्रत्रकारहरुलाई समेत अलमलमा पारेर रबि लामिछानेलाई प्रहरी भ्यानमा लैजाने क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्र कास्की जिल्ला अदाता अगाडी उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले सरकार र प्रम ओलीको बिरुद्ध नाराबाजी मात्र गरेका हुन् ।

 

सोहि समुहले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाविरुद्ध चर्को नाराबाजी पनि गरेका थिए । उक्त बिरोध प्रदर्शनमा सहभागी केही रास्वपाका कार्यकर्ताहरुले वर्तमान सरकारको राजिनामा पनि माग गरेका थिए ।

 

राष्ट्रिय स्वन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले अदालत अगाडी सरकारविरुद्ध नाराबाजी गरेर शहिदचोक पुगेपछि जम्मा भएका सुर्यदर्शन सहकारी पिडितहरु जिल्ला अदालत अगाडी जम्मा भएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुको चर्को बिरोध गरेका थिए।

 

उनीहरुले अदालतमा मुद्दा चलिरहेका बेला कसैले अदालतको काम कारबाहीलाई प्राभाव पार्न नहुने जिकिर गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार