- जिल्ला न्यायाधिश नितिश राइको इजलाशमा आजदेखि रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहसब गर्न लागेका हुन्।
पोखरा: सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहस गर्दैछन।
जिल्ला न्यायाधिश नितिश राइको इजलाशमा आजदेखि रबि लामिछानेको तर्फबाट कानुन ब्यबसायीहरुले थुनछेक बहसब गर्न लागेका हुन्।
यस अघि सोही प्रकरणमा पूर्व डिआइजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक बहस भैसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी एमाले नेत्री एबम गण्डकी प्रदेश सभाकी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन् बाँकी रहेको छ।
यसैबीच रबि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानून ब्यनासायी यज्ञमणि न्यौपानेले सहकारी पिडितहरुले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलाशमा कुरा उठ्न थालेको बताएका छन्।
सहकारी पिडितहरुले बचत रकम फिर्ता पाउनुपर्ने मागसहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पिडितहरुले आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गैरहेको बारे इजलाशमा छलफल भएको अधिबक्ता न्यौपानेले बताए।
अहिले रबि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दाका कारण सहकारी पिडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानून ब्यबसायीहरुले बताउदै आएका छन्।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा रबि लामिछाने हिरासतबाट छुट्ने कि नछुट्ने भन्ने बारेमा इजलाशमा बहस चलिरहदा उनका शुभचिन्तकहरु भने सर्वासाधारणले रकम उठाएर भए पनि लामिछानेलाई लाग्ने धरौटी बुझाउन तयार रहेको बताउन थालेका छन्।
अर्कातिर रबि लामिछानेलाई जसरी पनि जेलमा कोच्ने गरी अदालतमा बहस गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री जिता बरालले ती कानून ब्यबसायिहरु प्रति आक्रोश पोखेकी छिन।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’