भूकम्पको डिटेल एसेसमेन्ट विपद् राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत गरिने
२०८१ पुष २१ गते आईतवार
- उनले भने, ‘आज साझ ७ बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सम्मानीय प्रधानमन्त्रीको अध्यक्षतामा बालुवाटारमा बस्छ ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकले जाजरकोटमा गएको भूकम्पले गरेको हानी नोक्सानीका बारेमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २८ औँ बैठकमा छलफल गरिएको बताएका छन् ।
समितिको २८ औँ बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले भूकम्पले क्षति पुर्याएको ठाउँमा पूनर्निर्माण गर्नको लागि आवश्यक कानूनी र आर्थिक विषयमा बैठकमा छलफल भएको बताएका हुन् ।
उनले भने, ‘आज साझ ७ बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सम्मानीय प्रधानमन्त्रीको अध्यक्षतामा बालुवाटारमा बस्छ । तर आज(आइतबार) खास गरेर डोटी, बझाङमा भूकम्प गएको त्यसपछि जाजरकोटको भूकम्पले .गरेको हानी, नोक्सानी र पछिल्लो पटक बाढी पहिरोका कारणले भएको विपद्का बारेमा जहाँ डिडिए गर्नुपर्ने हो त्यो काम प्रारम्भ गर्ने, जुन ठाउँमा डिडिएको काम भइसकेको छ त्यहाँ पूर्ननिर्माणको काम प्रारम्भ गर्ने गरेर मापदण्ड केही समय अगाडि मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । त्यस सम्बन्धि कार्यविधि पनि पारित गरेका छौं ।
अब जाजरकोट भूकम्पको डिडिए गर्ने काम र डिटेल एसेसमेन्ट गर्ने काम र डिडिए भइसकेको ठाउँमा पुनर्निर्माणका काम प्रारम्भ गर्नको लागि आवश्यक कानूनी र आर्थिक विषयमा आज निर्णय गरेका छौं । यहीँ कुरा विपद् राष्ट्रिय परिषद्को बैठकमा प्रस्तुत गर्छौ र राष्ट्रिय परिषद्को बैठकले निर्णय गरिसके पछाडि काम प्रारम्भ गर्छौं । ’
साथै उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा यस विषयमा छलफल हुने बताए । उनले जाजरकोट भूकम्पको डिडिए गर्ने काम र डिटेल एसेसमेन्ट गर्ने काम साथै डिडिए भइसकेको ठाउँमा पुनर्निर्माणको काम प्रारम्भ गर्नको लागि आवश्यक कानूनी र आर्थिक विषयमा निर्णय गरेको बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’