- वंसजको नेपाली नागरिकताको निरन्तरता महा–अभियान नेपाल संयोजक कृष्ण प्रसाद खतिवडाले नागरिकता निरन्तर हुँदा विदेशमा बस्नेहरु सबै नेपाल आएर राजनीति गर्छन् भन्ने चिन्ता मान्न नपर्ने धारणा राखे ।
काठमाडौं: वंसजको नेपाली नागरिकता रद्द गर्ने ऐन विरुद्ध सर्बोच्च अदालतमा मुद्दा दायर गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।
शनिबार राजधानीको संवाद डबलीमा एनआरएनए–यूकेको एक पक्षले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नेपाल र नेपालीको अस्तित्व मेटाउने योजनासहितको ऐन खारेजीका लागि पुष १८ गते मुद्दा दिएको जानकारी पनि दिए ।
एनआरएनए–युकेका एक समूहका अध्यक्ष प्रेम गाहा मगरले आफूहरुले वंसजको नेपाली नागरिकता निरन्तरताको लागि सर्बोच्च अदालतमा मुद्दा दायर गरेको जानकारी दिए ।
मगरले विदेशमा रहँदै आएका नेपालीहरुको नागरिकता कायमै रहने व्यवस्था रहे पनि २०६३ पछि दोहोरो नागरिकता कायम नहुने प्रावधानले समस्या निम्त्याएको धाराणा राखे ।
मगरले यूरोप, अमेरिकालगायतका देशहरुले दोहोरो नागरिकतालाई कायम गरिहँदा भने नेपाली नश्ल सकाउने योजनासहित भारतको इसारमा सो ऐन आएको बताउँदै भने,‘विकसित मुलुकलाई समस्या छैन, स्वदेशप्रति माया भएका नेपालीलाई कटाउने र बिहारीहरुलाई भित्राएर देश भारतमा गाभ्ने षड्यत्रलाई हामीले बुझ्नु जरुरी छ ।’
‘नागरिकता खै’ अभियान संयोजक बासुदेव घिमिरेले गैर आवासीय नेपालीहरुकोे वंसजको नागरिकता निरन्तरताबाट हुने फाइदा र बेफाइदाका विषयलाई हिसाबै नगरी त्यसलाई रद्द गर्ने कानुन घातक भएको बताए ।
घिमिरेले विदेशबाट आफूहरुले स्वदेशको सेवा गर्ने वातावरण मात्रै नभत्किकन देशको राष्ट्रियतालाई जोखिम पर्ने चिन्ता व्यक्त गरे ।
वंसजको नेपाली नागरिकताको निरन्तरता महा–अभियान नेपाल संयोजक कृष्ण प्रसाद खतिवडाले नागरिकता निरन्तर हुँदा विदेशमा बस्नेहरु सबै नेपाल आएर राजनीति गर्छन् भन्ने चिन्ता मान्न नपर्ने धारणा राखे ।
आफ्नो देश आउँदा पैसा तिर्नुपर्ने नतिरे विरोनो हुनुपर्ने कस्तो दुर्भाग्य, यो कस्तो दिन आए ? खतिवडाले प्रश्न गरे ।
प्राडा सुरेन्द्र केसीले गैर आवासीय नागरिकहरुको वंसजको नागरिकतालाई निरन्तरता दिदा देशलाई फाइदा हुने बताउँदै भने,‘हैन ऐन बनाउँदा किन गम्भिरतापूर्ण तरिकाले छलफल या बहस गरिएन, नागरिकता निरन्तरतमा त घाटा भन्दा ज्यादा फाईदा छ त ।’
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले वंसजको नागरिकताबाट च्यूत गर्ने प्रावधान निकै नै गलत भएको बताए । न्यौपानेले विदेशमा रहेका नेपालीको रेमिट्यान्सबाट चलिरहेको र गैरआवासीय नेपालीको योगदानलाई अवमुल्यन गर्ने कानुनी व्यवस्था विरुद्ध सबै एकजुट हुनु पर्ने धारणा राखे ।
अधिवक्ता कपिल ढकालले विदेशमा कमाएको आर्थिक, अनुभव र क्षमता देशमा लगानी गर्छु, योगदान गर्छु भन्दा पनि नपाउने गलत मनसायलाई तोड्न सबै एकजुट हुनु पर्ने धारणा राखे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।