डा.कोइरालाले बेलायतको संसद भवनमा हुने कार्यक्रममा सम्बोधन गर्ने

२०८१ पुष २० गते शनिवार
सारांश
  • उनले यही १३ जनवरी २०२५ का दिन संसद भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्वोधन गर्न लागेका हुन् ।

काठमाडौं: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायतको संसद(वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन् । 


उनले यही १३ जनवरी २०२५ का दिन संसद भवनभित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्वोधन गर्न लागेका हुन् । 


संसदको त्यो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहने छ ।


नेता कोइराला बेलायतको एशिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।  
वेलायतको संसद भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई संवोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुन् ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार