- पक्राउ परेकामध्ये सबैभन्दा बढी सवारी ज्यान कसुर सम्बन्धी मुद्दाका आरोपी रहेको उनको भनाइ छ ।
गौर: रौतहट प्रहरीले एकै दिन ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अपराधिक क्रियाकलाप गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार एकै दिनमा जिल्लाको विभिन्न ठाउँबाट लुकिछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ हुनेहरुमा सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना , अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना , गाली बेईजतिमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको उनले जानकारी दिए ।
पक्राउ परेकामध्ये सबैभन्दा बढी सवारी ज्यान कसुर सम्बन्धी मुद्दाका आरोपी रहेको उनको भनाइ छ । पक्राउ परेका ३२ जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको प्रवक्ता रायले बताए ।
उनीहरूबाट जरिबाना स्वरूप करीब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।