पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्छ: शङ्कर भण्डारी
२०८१ पुष १२ गते शुक्रवार
- पत्रकारिता क्षेत्रमा विश्वासको सङ्कट उत्पन्न भएको बताएका हुन् ।
दमौली (तनहुँ), १२ पुसः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको नव निर्वाचित पदाधिकारी एवं सदस्यहरूको पदस्थापन कार्यक्रममा बोल्दै उनले पत्रकारिता क्षेत्रमा विश्वासको सङ्कट उत्पन्न भएको बताएका हुन् ।
उनले भने, “ठूला सञ्चारगृहप्रति जनताको विश्वास घट्दो छ । यो चिन्ताको विषय हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रेस जगत्ले पुर्याएको योगदान अतुलनीय छ । यो क्षेत्रमा विश्वास कायम राख्न सक्नुपर्छ ।”
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सभापति प्रा डा कृष्णप्रसाद गौतमले राज्यको चौथो अङ्गका रूपमा रहेको प्रेस जगत् निष्पक्ष हुनुपर्ने बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’