कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सकियो

२०८१ पुष १२ गते शुक्रवार
सारांश
  • बुधबारदेखि न्यायाधीस नीतिज राईको इजलासमा उनको बयान भएको थियो ।

पोखरा: पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

 

उनको जिल्ला अदालत कास्कीमा बयान सकिएको हो । बुधबारदेखि न्यायाधीस नीतिज राईको इजलासमा उनको बयान भएको थियो ।

 

लामिछानेसँगै छविलाल जोशी र लिला पछाईँको बयान पनि यसअघि नै सकिएको थियो । अब कृष्ण बहादुर गुरुङ, मिना गुरुङ र राम बहादुर खनालको बयान हुन् बाँकी छ । सबैको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

 

थुनछेक बहसपछि अदालतले थुनामै राख्ने वा थुनामुक्त गरेर अनुसन्धान गर्ने आदेश गर्नेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार