३० जना सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन निर्देशन

२०८१ पुष ११ गते विहिवार
सारांश
  • प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो ।

काठमाडौं: नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन् ।

 

प्रहरी प्रधान कार्यालयले असोजदेखि आफूखुशी गैरहाजिर रहेको र हेडक्वार्टरको सम्पर्कमा नरहेको प्रहरी कर्मचारीहरूको सूचि सार्वजनिक गर्दै ७ दिन भित्र हाजिर हुन आउन निर्देशन दिएको हो ।

 

गैरहाजिर हुने सहायक हवलदारहरूमा कारागार सुरक्षा गार्ड घोराही दाङमा दरबन्दी भएका प्यूठानको गौमुखी गाउँपालिका–३ का सुन्दर सेन र कारागार सुरक्षा गार्ड रामेछाप दरबन्दी रहेका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–५ का बुद्धिमान तामाङ छन् ।

 

सेन असोज ३० गतेदेखि र तामाङ असोज १६ गतेदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

बाँकी २८ जनामध्ये पाँच जना प्राविधिक प्रहरी जवान, २२ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन् ।

 

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक  स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार