- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
काठमाडौं: हाल देशभर पश्चिमी वायुको साथै पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ । जसका कारण हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा र कोशी, बागमती प्रदेशको पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।
साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भइरहेको छ भने तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा भने सामान्य बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति पनि हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराई क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’