- छलफलका क्रममा गगन थापाले यो कानुन बनाउनमा धेरै समय नलगाउन अनुरोध गरेका छन् ।
काठमाडौं: प्रतिनिधिसभा अन्तरगत पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल भएको छ ।
मंगलबार बसेको बैठकमा ९ जना सासंदहरु उपस्थित भएका थिए । जसमा नेपाली काँग्रेसका गगन थापा, संजय कुमार गौतम, कुसुमदेवी थापा, नेकपा एमालेका शान्ति चौधरी, नेपाल कम्युनिस्ट पार्टीका जर्नादन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका बिन्दवासिनी कंसाकार र लक्ष्मी तिवारी, स्वतन्त्र सांसद अमरेश कुमार सिंह र सिराज अहमद फारुकी उपस्थित भएका थिए ।
छलफलका क्रममा गगन थापाले यो कानुन बनाउनमा धेरै समय नलगाउन अनुरोध गरेका छन् ।
‘अघिल्लो पटक यो कानुनमा सयौं संशोधन परेको थियो । ऐन अन्तिम समयसम्म छलफल गर्दा पनि हामीले पारित गर्न सकेनौं । त्यसपछि यसलाई संशोधन गर्ने, परिमार्जन गर्ने भन्दाभन्दै लामो समयमा भएन ।’ उनले भने, ‘अहिले यो पटक बन्दै छ । यो चाँडो भन्दा चाँडो टुगिंयोस ।’ तर, यो बन्दै गर्दा यस्तो नबनिदियोस की लामो समयपछि नेपालको जलविद्युत क्षेत्रमा सम्भावना आएको छ । त्यहाँ भित्रका विकृतिहरु हटाउनु पर्ने छ । त्यसैले, यो कानुन हतोत्साहित हुने खालको नबनोस ।’
नेपाल कम्युनिस्ट पार्टी माओवादीका जर्नादन शर्माले सरकारले पहिचान गरेका आयोजनाहरुमा अनिवार्य प्रतिस्पर्धा हुनेपर्ने बताएका छन । शर्माले भने,‘सरकारले पहिचान गरेका आयोजनाहरुमा अनिवार्य प्रतिस्पर्धा गर्नुपर्छ । तर, निजी क्षेत्रको सन्र्दभमा उनीहरुले पाउने क्षेत्रअधिकार भित्रको प्रयोग गर्न दिनुपर्छ ।’
यसैगरी, सासंद अमरेश कुमार सिंहले उर्जाको अधिकार प्रदेश सरकार र स्थानीय सरकारलाई दिन नहुने बताएका छन् । ‘उर्जाको कुरा प्रदेश सरकार र स्थानीय सरकारलाई दिनु हुँदैन । किनभने, उर्जाको कुरा अन्तराष्ट्रिय सम्बन्धको पनि एउटा संस्था हो । उर्जा मन्त्रालय, पराराष्ट्र मन्त्रालय र अर्थमन्त्रालयसँग अन्तराष्ट्रिय सम्बन्ध सिधैं जोडिएको हुन्छ ।’
राप्रपाकी सासंद विना लामाले विद्युत विधेयक, २०८०को उदेश्य र कारणमै समस्या रहेको बताएकी छन् । उनले भनिन्, ‘मेरा संशोधन उदेश्य र कारणमै छ । उदेश्य र कारणमै एउटा स्वार्थ बाझिएको जस्तो देखियो । व्यक्ति तोकेर या त संस्था तोकेर जुन उदेश्य र कारण राखिएको छ त्यो राख्न हुँदैन ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’