सुदूरपश्चिम प्रदेशका राज्यमन्त्रीको गाडी भारतमा दुर्घटना
२०८१ पुष ६ गते शनिवार
- भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा दुर्घटना भएको हो ।
सुदूरपश्चिम,६ पुसः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् ।
राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको मोटर आज साँझ भारतको पलिया बजार नजिक दुर्घटनामा परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका छन् । सबै घाइतेको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार जारी छ । राज्यमन्त्रीको अवस्था सामान्य छ ।
भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर फर्किने क्रममा दुर्घटना भएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’