- सनातन ॐकार परिवारको बिचमा एकता, समन्वय र सहकार्यको थालनी गर्ने उद्देश्य अनुरुप यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ।
काठमाडौँ: ॐकार एकता महाभियानले राजधानीमा धार्मिक भेला आयोजना गरेको छ। राजधानीको चाबहिल स्थित एस आर बैङ्केटमा बिहान ११ बजेदेखि भेला जारी छ।
आज र भोलि संचालन हुने धार्मिक भेलामा सहभागी हुनका लागि देशभरबाट धार्मिक सन्त, महन्त, गुरू तथा मठाधिसहरू उपस्थित भएका छन्। साथै देशभरका धार्मिक अभियान्ता र हिन्दु राष्ट्र स्थापनार्थ खोलिएका संघसंस्था र यस्तै धार्मिक संघसंस्थाहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ।
सनातन ॐकार परिवारको बिचमा एकता, समन्वय र सहकार्यको थालनी गर्ने उद्देश्य अनुरुप यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ। देशका विभिन्न धार्मिक संघ संगठन, संस्थाहरू साथै विभिन्न सम्प्रदायहरू विचको एकता कायम गर्ने मुख्य उद्देश्य बताईएको छ।
धार्मिक जागरण साथै धर्म रक्षार्थ भएका विगतका सकारात्मक कार्यहरूलाई आत्मसाथ गर्दै यस कार्यक्रमले राष्ट्र, राष्ट्रियता र स्व-संस्कृतिको रक्षाका लागि एकजुट हुने संकल्पका साथ यस क्षेत्रमा कार्यरत सम्पुर्ण धार्मिक संघसंस्थाहरूविच एकता कायम गर्ने लक्ष्य लिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’