बुझाईको अभाव हुनेहरुले संघीयता चाहिँदैन भन्ने टिप्पणी गरिरहेका छन् : सभामुख
२०८१ पुष ५ गते शुक्रवार
- खालि संघीयता व्यवहारिक भएन यसको दुरुपयोग बढि भयो भन्ने जस्ता कुरा भएको छ । यसमा म विल्कुल फरक मत राख्छु ।
काठमाडौं: सभामुख देबराज घिमिरेले विचार र बुझाईको अभाव हुनेहरुले संघीयता चाहिँदैन भन्ने टिप्पणी गरिरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग स्मारिका विमोचन कार्यक्रममा बोल्दै उनले संघीयता कार्यान्वयनमा भएका योगदानहरुको बारेमा समिक्षा गर्नको साटो संघीयता नै चाहिँदैन भन्ने खालका गलत टिप्पणीहरु भइराखेको बताए ।
उनले भने, ‘आज संघीयता चाहिँदैन भन्ने खालको टिप्प्णीहरु भइराखेको छ । मेरो व्यक्तिगत रुपमा के बुझाई छ भने, संघीयलाई कार्यान्वयन गर्न हामीले गर्नुपर्ने कामहरु कति ग¥यौं ,संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने, कानुन बनाउनेदेखि कार्यान्वयन गराउने कामहरु कति ग¥यौ । काम गर्दा के अनुभव लिऔं यो पाटोमा सबैको ध्यान जानु पर्ने गएन । खालि संघीयता व्यवहारिक भएन यसको दुरुपयोग बढि भयो भन्ने जस्ता कुरा भएको छ । यसमा म विल्कुल फरक मत राख्छु । यो कुरा विचार र बुझाईको अभावमा आइरहेका छन् ।’
उनले तुलनात्मक रुपमा अलि बढि महत्व भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन संसदमा जति मात्रामा छलफल हुनु पर्ने हो त्यो भन्दा ज्यादै न्यून रहेको गुनासो गरे ।
उनले भने, ‘यो आयोगको तुलनात्मक रुपमा आफ्नै महत्व छ । आयोगका प्रतिवेदनहरु संसदमा छलफल गर्ने वहस गर्ने त्यसलाई सुधार्ने र त्यसका कार्य क्षेत्र अधिकार क्षेत्र मिलाउने, कानुन बनाउने, बनेका कानुनहरुको परिमार्जन गर्ने तमाम कामको जिम्मा लिएको संसदमा जुन मात्रामा यसका प्रतिवदेनहरुको छलफलहरु हुनु पर्ने हो । त्यो नभइरहेको स्थिति छ । त्यसलाई परिमार्जन गर्न जरुरी छ । त्यसको लागि आयोग आफैले पनि प्रयत्न गरिराखेको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकाय बारे अध्ययन गर्न सरकारले बनायो समिति
-
मन्त्रिपरिषद्को बैठक जारी
-
परराष्ट्रमन्त्री खनालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
-
अमेरिकाको आरोप असत्य छ, इरानलाई सैन्य हतियार दिएका छैनौं- चीन
-
भुमि व्यवस्था मन्त्रालय लुम्बिनीका तत्कालिन सचिवसहित १६ जनाविरुद्ध मुद्धा दायर
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।