नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला

२०८१ पुष १ गते सोमवार
सारांश
  • वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष सन्तोष कोइराला चयन हुने भएका छन् ।

काठमाडौँ: वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्ष सन्तोष कोइराला चयन हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला हाल बैंकर्स संघका उपाध्यक्ष छन् ।

 

यही पुस ३ गते बुधवार संघको ३८ औं वार्षिक साधारणसभा हुँदैछ । साधारणसभाले अध्यक्ष र उपाध्यक्षसहित तीन जना सदस्य चयन गर्नेछ । त्यसका लागि (आज) सोमबारसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । सोहीअनुसार अध्यक्षमा कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उम्मेदवारी दिएका थिए ।

 

तर, सोमबार बसेको संघका पूर्व अध्यक्षहरूको बैठकले सर्वसम्मत पदाधिकारी चयन गर्ने निर्णय गरेपछि शेरचनलाई उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । शेरचनको दाबेदारी फिर्ता भएपछि कोइराला सर्वसम्मत रूपमा अध्यक्ष चयन हुने पक्का भएका छन् । पछिल्लो १३ वर्षयता संघमा उपाध्यक्ष स्वतः अध्यक्ष बन्दै आएका छन् । तर, यसपटक भने दुई जनाको उम्मेदवारी परेको थियो ।

 

यस्तै, संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेम्मी चयन हुने निश्चित भएको छ ।

 

खाली रहेको तीन जना कार्यसमिति सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालीङ चुनिने भएका छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार